Matra Education आइतबार, साउन १० २०८३

प्रविधिमैत्री बन्दै नेपाली शिक्षा, आजै आयो यति ठुलो खुसीको खबर

प्रविधिमैत्री बन्दै नेपाली शिक्षा, आजै आयो यति ठुलो खुसीको खबर

  • मात्र एजुकेशन
  • बुधबार, कार्तिक १७ २०७८


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सिकाइ चौतारीको शुभारम्भ गरेका छन्। बुधवार एक कार्यक्रमका बिच पढ्न र हेर्न सकिने गरी तयार गरिएको पोर्टल सिकाइ चौतारीको शुभारम्भ गरिएको हो । खासगरि शिक्षामा कोभिड १९ ले पारेको असरका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीको सिकाइमा पहुँच वृद्धि गर्ने उद्धश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा यो पोर्टल तयार भएको हो। यसमा कक्षा १ देखि १२ सम्मका पाठ्य पुस्तक पढ्न र हर्न सकिने छ ।

शुभारम्भ गर्दै मन्त्री पौडेलले दुरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल, ग्रहणशील हुनुपर्ने बताए । ‘सहरमा प्रविधिको विकास भइसकेको छ,’ मन्त्री पौडेलले भने’, ‘यो गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सकुन् ।’ मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्कताका साथ अगाडी बढाउन थप आकर्षक एवम् पठनशील हुनुपर्नेमा जोड दिए । उनले भिडियोको प्रस्तुति रोचक र आकर्षक भए मात्रै विद्यार्थी सिकाइका लागि आकर्षित हुने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड–१९ का कारण सिकाई केन्द्रको सुरुवात भएकोमा खुसी व्यक्त गरिन् । ‘वैकल्पिक शिक्षाको विषयमा यसले काम गर्ने अपेक्षा लिएको छु,’ उनले भनिन ।

सिकाई चौतारी चलाउँदा न्यूनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्‍याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।

सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ।

इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताए । ‘हामीले अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफल पछि यो पोर्टलको शुभारम्भ गरेको छौँ’ यसलाई विकास गरी सबैको पहुँचमा पुर्‍याउने हाम्रो लक्ष्य छ ’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड