Matra Education आइतबार, साउन १० २०८३

अस्थायी शिक्षक र दरबन्दी मिलानको समस्या छिटै समाधान हुन्छ: मन्त्री पौडेल

अस्थायी शिक्षक र दरबन्दी मिलानको समस्या छिटै समाधान हुन्छ: मन्त्री पौडेल

  • मात्र एजुकेशन
  • सोमबार, कार्तिक १५ २०७८


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान लगायत अल्झेर बसेका शिक्षा क्षेत्रका समस्या समाधानका लागि काम अगाडि बढाइने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने भन्दै विश्वस्त हुन आग्रह गरेका हुन्।

“शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरू गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उनले भने, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।”

मन्त्री पौडेलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन हुने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको पनि जानकारी दिए ।

कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उनको भनाइ थियो । “एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ”, मन्त्री पौडेलले अगाडी भने । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे ।

उक्त अवसरमा मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए। फाइल तस्विर 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड