Matra Education आइतबार, साउन १० २०८३

सत्तापक्ष र प्रतिपक्ष विद्यार्थीको एक स्वर, माग पुरा नभए कडा आन्दोलन

सत्तापक्ष र प्रतिपक्ष विद्यार्थीको एक स्वर, माग पुरा नभए कडा आन्दोलन

  • मात्र एजुकेशन
  • शनिबार, कार्तिक १३ २०७८


काठमाडौँ –  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि अहिले देशभर विरोध भइरहेको छ। मूल्यवृद्धिका कारण नागरिकको जनजीवन कठिन भएको भन्दै सरोकारवालाहरूले विरोध गरिरहँदा सत्तापक्ष र प्रतिपक्ष दुवै निकट विद्यार्थी सङ्गठनले विज्ञप्ति निकालेर तत्काल फिर्ता लिन माग गरेका छन्। यदि त्यसो नगरे कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ। शनिबार विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष सुनिता बरालले इन्धनको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै फिर्ता नभए कडा संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएकी हुन् ।

त्यस्तै सत्ताधारी दल निकट विभिन्न ६ विद्यार्थी सङ्गठनले पनि शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेमा अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अखिल (क्रान्तिकारीका) अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष देवेन्द्र कुँवर रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड