Matra Education आइतबार, साउन १० २०८३

प्रधानाध्यापक माथि कुटपिट र चप्पल प्रहार, दोष कस्को?

प्रधानाध्यापक माथि कुटपिट र चप्पल प्रहार, दोष कस्को?

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक १२ २०७८


काठमाडौँ – विद्यार्थीहरूको माग सुनुवाइ नभएको भन्दै धनुषामा प्रधानाध्यापकमाथि कुटपिट र दुर्व्यवहार भएको छ। शुक्रवार धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द्र गामी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक वैजु साहा माथि दुर्व्यवहार भएको हो । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले विद्यालय जाने क्रममा मोटरसाइकल रोक्न लगाएर चप्पलले पिट्नुका साथै उनलाई कालोमोसो दलेका हुन् ।

विभिन्न माग राखेर आन्दोलन गर्दे आएका विद्यार्थीहरूको माग सुनुवाइ नभएको भन्दै प्रधानाध्यापकमाथि उनीहरू जाइ लागेका हुन्।

चार दिनदेखि आन्दोलन गर्दे आएका विद्यार्थीहरूको मागमा नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरूले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरूको बृहत् भेला गरी अन्य विषयहरूमा निर्णय लिनु पर्ने लगायतका छन् ।

विद्यार्थीहरूको उचित मागलाई विद्यालयले सम्बोधन गर्नुपर्ने भए पनि शिक्षकमाथि यसरी बाटोमै रोकेर कुटपिट र दुर्व्यवहार हुनु दुखद कुरा हो। यसले हामी कस्ता विद्यार्थी र संस्कार हुर्काइरहेका छौ भन्ने प्रस्ट हुन्छ। विद्यालयले शुल्क लगायत अन्य विषयमा अनियमितता गरेको वा अन्य गलत कार्य गरेको भए छानबिन हुनुपर्छ भने यस्ता गलत क्रियाकलाप गर्ने विद्यार्थीलाई पनि कानुनी दायरामा ल्याउनु राज्यको कर्तव्य हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड