Matra Education आइतबार, साउन १० २०८३

सवारी लाइसेन्स पास गर्ने हो ? यी प्रश्नहरुको तयारी गर्नुहोस् (उत्तरसहित)

सवारी लाइसेन्स पास गर्ने हो ? यी प्रश्नहरुको तयारी गर्नुहोस् (उत्तरसहित)

  • मात्र एजुकेशन
  • बुधबार, कार्तिक १० २०७८


काठमाडौँ – लामो समय बन्द रहेको सवारी चालक अनुमतिपत्र खुला भएको छ। मंगलबारदेखि नयाँ स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गरिएको हो। लाइसेन्स परीक्षा पुनः सञ्चालनमा आएसँगै नयाँ पाठ्यक्रमका आधारमा लाइसेन्स परीक्षा लिइनेछ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि यातायात व्यवस्था विभागले लिने लिखित परीक्षाको पाठ्यक्रम पनि सार्वजनिक भएको छ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो। यो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भएको हो। उक्त निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग ‘क’र‘ट’ (ए/के) र वर्ग ‘ख’ (बी) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००/५०० वटा प्रश्नहरूको दुइटा संग्रह विभागले सार्वजनिक गरेको हो।

अगामी दिनमा वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरू रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरू चयन गरी प्रश्नपत्र तयार गर्नुपर्नेछ ।

विभागका अनुसार उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्न वार्षिक रूपमा अद्यावधिक गरिने छ।

 

कार, जीप, डेलिभरी भ्यानको लागि लिखित प्रश्नउत्तर

मोटरसाइकलको लागि लिखित प्रश्नउत्तर

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड