Matra Education आइतबार, साउन १० २०८३

मेडिकल शिक्षा सुधार गर्न शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

मेडिकल शिक्षा सुधार गर्न शिक्षामन्त्रीले दिए यस्तो निर्देशन

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक ५ २०७८


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन् । आयोगका पदाधिकारीलाई निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन् ।

जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुई जनाले विरोध गर्दैमा केही नहुने भन्दै कर्मचारीलाई आफ्नो दायित्व र कत्व्र्य नभुलेर काम गर्न निर्देशन दिए ।

‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ । कार्ययोजना बनाउनुस् । गाँठो फुकाउन पहल गर्छु । मेडिकल शिक्षा सुधार्ने काम गरौं । अल्झेका विषयहरु भन्नुस् । अनिर्णीत भएर नबस्नुस्’ उनले भने । आयोगले सिंगो मेडिकल क्षेत्रलाई प्रभाव पार्नेगरी काम गर्नपर्ने उनको भनाइ छ ।

‘पहिलो चरणमा सय दिनमा गर्न सकिने कामको योजना बनाएर काम गरौं, उनले भने त्यसपछि एक वर्षभित्र ऐन, र कानुनले दिने गरी गर्न सकिने कार्ययोजना बनाएर लागौं प्रतिफल आउँछ ।

मेडिकल शिक्षाको परीक्षा प्रणालीलाई निष्पक्ष बनाएर सक्षम जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए । मन्त्री पौडेलले भने, ‘उत्पादीत जनशक्तिको प्रक्षेपण गर्नुपर्छ । यो वर्षमा यति विशेषज्ञ चाहिन्छ भनेर भन्नुपर्यो । त्यो भयो भने पढ्ने विद्यार्थीलाई पनि योजना बनाउन सजिलो हुन्छ ।’

मन्त्री पौडेलले आयोगमा अल्झिएका विषयहरु सल्ट्याउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि अन्तर मन्त्रालयसँग पहल गर्ने बताए ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड