Matra Education आइतबार, साउन १० २०८३

१२००० पाए ईसीडी शिक्षकले: आन्दोलन टार्ने चारो कि सम्मान ?

१२००० पाए ईसीडी शिक्षकले: आन्दोलन टार्ने चारो कि सम्मान ?

  • मात्र एजुकेशन
  • बुधबार, कार्तिक ३ २०७८


काठमाडौँ – सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै देशका विभिन्न भागमा आन्दोलन र विरोध भइरहेको छ। सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ। यस विषयमा शिक्षा मन्त्रालयले पनि चासो व्यक्त गरेको भनिए पनि ठोस निर्देशन आउन सकेको छैन ।

यसरी देशभर आन्दोलन भइरहँदा केही स्थानीय तहले थपेर पुरा तलब दिएका छन् भने कहिले आंशिक त केहीले पुरै बेवास्ता। यस क्रममा राजधानीको एउटा पालिकाले मध्यमार्गी बाटो रोज्दै तलब दिएको छ। उसले नगरपालिकालाई पनि धेरै आर्थिक भार नपरोस् र शिक्षकहरूको मुद्दा पनि सम्बोधन होस् भन्ने हिसाबले तलब दिएको छ।

काठमाडौँको बूढानिलकण्ठ नगरपालिकाले इसीडी शिक्षकलाई १२ हजार रुपैयाँ तलब दिएको छ । इसीडी शिक्षक शारदा आचार्यले पालिकाले १२ हजार रुपैयाँ तलब दिएको जानकारी दिइन् ।

पालिकाका विद्यालयमा १९ जना इसीडी शिक्षक छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड