Matra Education आइतबार, साउन १० २०८३

छात्रवृत्ति पाउँदा समेत पढ्न गएनन् विद्यार्थी, वैकल्पिक उम्मेदवार सिफारिस

छात्रवृत्ति पाउँदा समेत पढ्न गएनन् विद्यार्थी, वैकल्पिक उम्मेदवार सिफारिस

  • मात्र एजुकेशन
  • बुधबार, कार्तिक ३ २०७८


काठमाडौँ – छात्रवृत्तिमा सिफारिस गरेका प्रशिक्षार्थीहरू तोकिएको शिक्षण संस्थामा तोकिएको मिति र समय भित्र भर्ना हुन नगएको भन्दै सिटिइभिटिले वैकल्पिक सुचिमा रहेका उम्मेदवारहरुलाई पुनः सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि सिटिइभिटि बागमती प्रदेश र गण्डकी प्रदेश कार्यलयले प्रि-डिप्लोमा तथा डिप्लोमा तहको निःशुल्क छात्रवृत्ति तर्फको नतिजा बागमती प्रदेशले असोज ६ र ७ र गण्डकी प्रदेशले ५ गते डिप्लोमा तहको नतिजा प्रकाशन गरेका थिए। उक्त नतिजा अनुसारको उम्मेदवार नगएको र कोटा रिक्त हुने भएपछि वैकल्पिक सूचिमा रहेका उम्मेदवारहरूको नतिजा प्रकाशित गरिएको हो ।

हाल निःशुल्क छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरू कार्तिक ९ गते सम्म कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो शैक्षिक योग्यता , नागरिकता आफु वर्गीकृत छात्रवृत्तिको जुन समूहमा छनोट भएको हो सोको सक्कल प्रमाण पत्र र अनलाइन छात्रवृत्ति आवेदन फारम भर्दा प्राप्त भएको प्रवेश पत्र सहित भर्नाका लागि उपस्थित हुनु पर्ने जनाएको छ ।

डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ तथा प्रिडिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ र सूचनामा उल्लेख गरिए अनुसार वरियता क्रमको आधारमा नतिजा प्रकाशित गरिएको पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड