Matra Education आइतबार, साउन १० २०८३

आयोगलाई बल्ल जुर्यो मन्त्री भेट्ने साइत , फुक्ला त समस्याको गाँठो ?

आयोगलाई बल्ल जुर्यो मन्त्री भेट्ने साइत , फुक्ला त समस्याको गाँठो ?

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २ २०७८


काठमाडौँ – शिक्षक सेवा आयोगले  नियमावली संशोधन लगायत अन्य विषयमा शिक्षा, विज्ञान तथा प्रविधि न मन्त्री देवेन्द्र पौडेलसङ आज छलफल गर्दै छ । नियमावली संशोधनको ग्रिन सिग्नल आउने बित्तिकै शिक्षक सेवा आयोग आन्तरिक र खुला विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको छ ।

एक वर्षसम्म पदाधिकारी विहीन भएको आयोग पदाधिकारी नियुक्त हुने बित्तिकै वार्षिक कार्यतालिका बनाउन जुटेको थियो । नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । मन्त्रालयले ग्रिन सिग्नल दिने बित्तिकै आयोग शिक्षक छनोटका लागि खुला तथा आन्तरिक बढुवाको विज्ञापन गर्ने सम्पूर्ण तयारी गरेर बसेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले ६ महिना अघि नै शिक्षक सेवा नियमावलीसमेत संशोधनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो । तर मन्त्री परिषद्ले अहिले सम्म नियमावली संशोधन गर्न सकेको छैन । मन्त्रालय ८८ दिन सम्म नेतृत्व विहीन हुँदा आयोगले शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा लगायतका काम अड्किएर रहेका छन्।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार २२७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाएको थियो । यसपछि केन्द्रले आयोगलाई संस्कृत धारका केही विषयको शिक्षक दरबन्दी खाली भएको विवरण पठाएको आयोगले जानकारी दियो ।

केन्द्रले रिक्त शिक्षक दरबन्दी पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरिसकेको भएपनि आयोगले नियमावलीमा भएका केही प्रावधानका कारण शिक्षक छनोटका लागि विज्ञापन गर्न सकेको छैन ।

खुला विज्ञापन पछि मात्र लाइसेन्सको परीक्षा लिने तयारीमा आयोग रहेको छ । ‘शिक्षामन्त्री नियुक्त भएपछि नियमावली संशोधनको कामले पनि प्राथमिकता पाउने आशा गरेका छौँ,’ प्रवक्ता मरहठ्ठाले भने, ‘त्यसपछि आयोगको वार्षिक क्यालेन्डर, विज्ञापन एकै पटक सार्वजनिक गर्छौँ ।’

आयोगले मन्त्री सँगको आजको छलफलपछि सबै कुराको ग्रिन सिग्नल मिल्ने र नियमावली संशोधन भई छिटै काम गर्न पाइने  विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड