काठमाडौं- त्रिभुवन विश्वविद्यालय कृषि पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यलयले कृषि स्नातक तहको प्रथम वर्ष प्रथम सत्रान्तको परीक्षा स्थगित गरेको छ ।
अध्ययन संस्थान अन्तर्गत कार्तिक ५ गते देखि सञ्चालन हुने प्रथम वर्ष प्रथम सत्रान्तको अन्तिम परीक्षा स्थगित गरेको हो ।
क्याम्पस प्रमुखहरुको लिखित राय अनुसार अध्ययन संस्थानको परीक्षा सञ्चालन समितिका सदस्यहरु विच छलफल गरी पूर्व प्रकाशित तालिका अनुसार हुने परीक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।