काठमाडौँ- यतिबेला नेपाली हिन्दु धर्मावलम्बीले आफ्नो महान् चाड दसैँ मनाइरहेका छन् । यसैबिच शिक्षा क्षेत्रमा विविध गतिविधि भने निरन्तर सञ्चालित नै छन् । कतिपय क्षेत्र बन्द रहेकै बेला एउटा नयाँ परीक्षाका लागि आवेदन माग गर्दै मिति तोकिएको हो।
वार्षिक कार्य तालिका अनुसार लाइसेन्सको परीक्षा लिन नेपाल नर्सिङ परिषद्ले मिति तोकेको छ । नाम दर्ता प्रमाण पत्र परीक्षाका लागि मङ्सिर ११ गतेको मिति तय गरिएको हो । एक सूचना जारी गर्दै यसरी आवेदन खुलाएको हो
परिषद् परीक्षा समितिले वार्षिक कार्य तालिका अनुसार नै मङ्सिर ११ गते परीक्षा लिने जनाएको हो । परीक्षामा सामेल हुनका लागि प्रवीणता प्रमाण पत्र तह नर्सिङ वा बी. एस्सी नर्सिङ उत्तीर्ण भएको र परीक्षामा सामेल हुने परीक्षाहरू पास गरेको हुनुपर्ने छ ।
सूचना हेरेर आवेदन दिन सूचनामा उल्लेख गरिएको छ।