काठमाडौँ – सिटिइभिटि पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले परिमार्जन गरिएका पाठ्यक्रमहरु अध्ययन अध्यापन गर्न निर्देशन दिएको छ । शैक्षिक सत्र २०७८/०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई अनिवार्य रुपमा परिमार्जन गरिएका डिप्लोमा तहका पाठ्यक्रमहरु अध्ययन अध्यापन गर्न निर्देशन दिएको हो ।

परिषद्को पाठ्यक्रम समितिको बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएकोले आंगिक, साझेदारी,टिईसिएस एवं सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा यसै शैक्षिक सत्र देख अनिवार्य कार्यन्वयन गर्न निर्देशन दिएको छ ।
परिमार्जन गरिएका पाठ्यक्रममा तिन वर्षे डिप्लोमा इन्जिनियरिङ तर्फका सबै सेमेस्टर रहेको छ ।