Matra Education आइतबार, साउन १० २०८३

शिक्षा क्षेत्रकै लागि नौलो विषय, अध्यक्षका लागि किन भयो यस्तो ?

शिक्षा क्षेत्रकै लागि नौलो विषय, अध्यक्षका लागि किन भयो यस्तो ?

  • मात्र एजुकेशन
  • मंगलबार, असोज २६ २०७८


काठमाडौँ – रोल्पाको एक विद्यालयमा स्थानीय तह निर्वाचनकोको झल्को दिने गरि विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ । सुनिलस्मृती गाउँपालिका वडा नं। ३ मिझिङ स्थीत चन्द्रप्रभा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा दलिय प्यानलका आधारमा निर्वाचन भएको हो ।

निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विरुद्ध माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चाले गठवन्धन गरेका थिए । निर्वाचनमा माओवादी केन्द्र नेतृत्वको गठवन्धन विजयी भएको छ । निर्वाचनमा माओवादी केन्द्र निकट ठगेन्द्र केसी नेतृत्वको प्यानलले नेपाली कांग्रेस निकट डम्वर सुनार नेतृत्वको प्यानललाई पराजित गरेका थिए । माओवादी केन्द्र नेतृत्वको प्यानलवाट ठगेन्द्र केसीले २१२ प्राप्त गरेका थिए । सोही प्यानलका नरेन्द्र घर्तीमगरले २०६,गितादेवी वलीले १९८ र मञ्जुदेवी कामीले २०२ मत प्राप्त गरेका थिए । यसैगरि नेपाली काँग्रेस नेतृत्वको प्यानलवाट डम्वर सुनारले १४५, तुकमान गिरी १३८,तारा गिरीले १४९ र संगिता सुनारले १४२ मत प्राप्त गरेका थिए । कुल ३८२ मतदाता रहेको सो विद्यालयमा ३६५ जनाले मतदान गरेका थिए भने खसेको मत मध्ये ६ मत वदर भएको थियो ।

मतदान स्थलमा पार्टी कार्यकर्ताको वाक्लो उपस्थिति देखिन्थ्यो । गत स्थानीय तह निर्वाचनमा जित हासिल गरेको नेपाली काँग्रेसले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा समेत जित हासिल गरेर आफु शक्तिशाली रहेको देखाउन चाहान्थ्यो भने नेपाली काँग्रेस इतर दल भने नेपाली काँग्रेसको गढमा आफुहरु सफल भएको देखाउन चाहान्थे । नेपाली काँगे्रेस र माओवादी केन्द्रले प्रतिष्ठाको विषय वनाएको सो निर्वाचनमा नेपाली काँगे्रेसका क्षेत्रीय सभापति सिमवहादुर विष्ट,नेकपा एमाले जिल्ला कमिटी सदस्य खिमचन्द्र पुन,नेकपा माओवादीकेन्द्रका सुनिलस्मृती गाउँ कमिटी सचिव रत्न महरा, राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाका अध्यक्ष अमरवहादुर थापा, राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्ट लगायत नेताहरु सक्रिय देखिन्थे ।

विद्यालय व्यवस्थापन समितिको पदावधि सकिएको लामो समय वित्दा समेत सर्वसम्मती हुन नसक्दा निर्वाचनमा जानु परेको विद्यालयका निवर्तमान अध्यक्ष प्रेम विष्टले जानकारी दिए । सर्वसम्मतीका लागी ५ पटक सम्म छलफल चलायौं सफल नएपछि निर्वाचनमा जानु परेको हो विष्टले भने ।

विगतमा भएका राम्रा कामको अनुसरण गर्छौ र नराम्रा काम सुधार गर्छौ नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित सदस्य ठगेन्द्र केसीले भने । विद्यालय व्यवस्थापन समितिका सदस्य नै निर्माण समितिमा वसेको तर गुणस्तरीय काम नगरेको आम अभिभावकको गुनासो आफुले पनि सुनेको केसीले वताए ।

शिक्षा ऐनमा अभिभावकहरुले आफुमध्येवाट कम्तिमा २ महिला सहित ४ जना सदस्य छानी पठाउन सक्ने प्रावधाान रहेको छ । सो समितिले विद्यालयका संस्थापक,स्थानीय वुद्धिजीवि,शिक्षाप्रेमी,विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका व्यक्तिहरु मध्ये १ महिला सहित २ जना सदस्य मनोनोत गर्ने व्यवस्था रहेको छ । अभिभावकहरुले छनौट गरेका ४ र विद्यालय व्यवस्थापन समितिले छनौट गरेका २ सहित ६ जनाले आफु मध्येवाट १ जना अध्यक्ष चयन गर्ने व्यवस्था छ । विद्यालय रहेको सम्वन्धित वडाका जनप्रतिनिधि मध्येवाट सो वडा समितिले मनोनयन गरेको एक, स्थानीय शिक्षा प्रेमी मध्येवाट नगर वा गाउँ शिक्षा समितिले मनोनित गरेको एक र शिक्षकहरुले आफु मध्येवाट चयन गरि पठाएको शिक्षक प्रतिनिधि एक गरि विभिन्न क्षेत्रवाट ३ जना सदस्य मनोनयन भएर आउने व्यवस्था गरिएको छ । संवन्धित विद्यालयको प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड