Matra Education आइतबार, साउन १० २०८३

मन्त्री बनेपछि उस्तै गफ, कति पत्याउने तपाइँकै जिम्मा

मन्त्री बनेपछि उस्तै गफ, कति पत्याउने तपाइँकै जिम्मा

  • मात्र एजुकेशन
  • शनिबार, असोज २३ २०७८


काठमाडौँ- नेपालमा पटक पटक परिवर्तन हुने सरकार बाट दिक्क भएका नेपाली जनताले तत्कालीन नेकपालाई झन्डै दुई तिहाइ मत सहित ५ वर्षका लागि सरकारमा पठाएका थिए। दलहरू भित्रको सत्ता स्वार्थले अनेक तिकडमको सिकार हुँदै त्यो सरकार पूर्ण अवधि पुरा नगर्दै प्रतिस्थापन भयो। हिजो मात्रै वर्तमान सेर बहादुर देउवा सरकारले ८८ औ दिनमा पूर्णता पाएको छ। यसरी छोटो समयमै सरकार परिवर्तन हुँदा न मन्त्रीले आफ्ना योजना लागु गर्न पाउँछन् न सरकारले जस पाउँछ। योजना पुरा नगरे पनि पहिलो दिन पदभार ग्रहण गर्दै दर्दा हाम्रा मन्त्रीहरू मिठो गफ गर्न भने भ्याइहाल्छन्। नवनियुक्त शिक्षामन्त्रीले पनि त्यस्तै आश्वासन दिएका छन्।

शपथपछि पदभार ग्रहण गर्दै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताए । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू तत्पर रहेको उनको भनाइ थियो।

उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्नेछु भन्न पनि भ्याए।

“शिक्षाका समस्याहरू छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म मेरो आफ्ना लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दा पनि शिक्षामा आमूल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरूको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु,” उनले भने ।

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पहिलो चोटि मन्त्री बनेकाले यिनले उही पुराना मन्त्रीले झैँ गफ मात्रै दिएका हुन् वा साँच्चै काम गरेर देखाउँछन् त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड