काठमाडौँ – रौतहटको चन्द्रपुर नगरपालिकाले बाल विकास सहजकर्ता (इसीडि शिक्षक) को तलब १५००० पुर्याएको छ।
यस सम्बन्धमा प्रश्न गर्दा पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देल भन्छन्, “चन्द्रपुर नगरपालिकामा ६० जना बालविकास सहजकर्ता हुनुहुन्छ । सबै सहजकर्ता इनर्जेटिक हुनुहुन्छ । महामारीको समयमा पनि उहाँहरूले सियुजी सिम मार्फत बालबालिकाको सम्पर्कमा रहनु भयो । विभिन्न तरिकाले निरन्तर सिकाइ रहनु भएको छ । हालै मात्र नगर सभाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारी सबैलाई मासिक ३–३ हजारका दरले तलब थप गर्ने निर्णय गरेको छ । हाम्रो पालिकाले यसअघि नै बालविकास सहजकर्तालाई मासिक ४ हजार थप गरेर प्रदान गर्दै आएको हुनाले अबदेखि सहजकर्ताले मासिक १५ हजार रुपियाँ नै तलब पाउँछन् ।”
स्मरण रहोस: देशका विभिन्न भागमा थपिएको तलब नदिएको भन्दै इसीडि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन्।