Matra Education बुधबार, भाद्र २४ २०८३

तेस्रो चरणको आन्दोलन गर्दै इनरुवाका ईसीडी शिक्षक, नगरपालिकाले खेलाँची गरेको आरोप

तेस्रो चरणको आन्दोलन गर्दै इनरुवाका ईसीडी शिक्षक, नगरपालिकाले खेलाँची गरेको आरोप

  • मात्र एजुकेशन
  • सोमबार, असोज १८ २०७८


काठमाडौँ- सङ्घीय सरकारले बढाएको तलब स्थानीय पालिकाले नदिएपछि गत असार २४ गतेदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका ईसीडी शिक्षक र विद्यालय कर्मचारीले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। सुनसरीको इनरुवा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले आज निर्णायक वार्ता हुने र समस्या समाधान हुने आश्वासन पाए पनि बेवास्ता गरिएपछि तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्।

आफ्नो दुखेसो पोख्दै मात्र एजुकेसन सँगको टेलिफोन संवादमा आन्दोलन समितिकी संयोजक सोनु मगर भन्छिन्, ‘वार्ताका लागि हामी तयार भएर गएका थियौ तर मेयर साबको स्वकीय सचिव र गाडी देखिए पनि मेयर साब देखिनुभएन। हिजोजस्तै आज पनि अधिकृत ज्यु भागी भागी हिँड्नुभयो’ । आफ्ना समस्याहरूमा नगरपालिका गम्भीर नभएको र खेलाँची गरेको उनको आरोप छ।

आजै उनीहरूले नगर प्रमुखलाई एक निवेदन पेस गर्दै उक्त विषय जानकारी गराएका छन्। २०७८/०६/१९ गतेदेखि सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै त्यसको सम्पूर्ण जिम्मा नगरपालिकाको कार्यालयले लिनुपर्ने चेतावनी समेत उक्त निवेदन मार्फत दिइएको छ।

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड