काठमाडौँ – झापाको दमक स्थित हिमालय माध्यामिक विद्यालयमा एक करोड बढी रकम हिनामिना भएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद आचार्य र लेखापाल दयासागर आचार्यको मिलेमतोमा पैसा हिनामिना गरेको पाइएको हो ।
विद्यालयमा जति आम्दानि देखिनु पर्थो नदेखिए पछि शंका लागेर छानविन गर्दा हिसाब नमिलेको विद्यालय व्यावस्थापन समितिले जनाएको छ । समितिले त्यसपछि सत्य तत्थ्य पत्ता लगाउन पाँचजनाको आन्तरीक लेखा सुपरिवेक्षण समिति बनाएर छानविन गर्दा एक करोड बढी हिनामिना भएको देखिन आएको जनाएको छ । प्रतिवेदन लेखा सुपरिवेक्षण समितिले विद्यालय व्यावस्थापन समितिलाई बुझाईसकेको छ । तर आन्तरीक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।
भदौ ३१ मा विद्यालयका शिक्षक कृष्णप्रसाद बराल संयोजक रहने गरी पाँच सदस्यीय लेखा सुपरिवेक्षण समिति बनाइएको थियो । बाँकी सदस्यमा प्रकाश भण्डारी,भिमशंकर सापकोटा,महेन्द्र थापा र लोकबहादुर खड्का छन् ।
पाँचजनाको आन्तरीक लेखा सुपरिवेक्षण समितिमा सबै विद्यालयकै शिक्षकहरु छन् भने विद्यालयको आर्थिक कारोबार प्रधानाध्यापक र लेखापालले सञ्चालन गर्छन । सुपरिवेक्षण समितिमाका एक जना सदस्यका अनुसार विद्यालयमा आर्थिक हिनामिना भएको शंका लागेपछि आम्दानि र खर्च देखाउनुस् भन्दा नदेखाएको र त्यसपछि व्यावस्थापन समितिलाई जानकारी गराइएको बताए ।
आर्थिक वर्ष ०७७र७८ मा अभिभावक र विद्यार्थीसँग विभिन्न नाममा लिइएको शुल्क विद्यालयको खातामा जम्मा नगरी व्याक्तिगत रुपमा अपचलन गरेको लेखा सुपरिवेक्षण समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । हिमालय मावि नमुना विद्यालय हो भने करिब तीन हजार बढी विद्यार्थी छन् ।
लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णप्रसाद बरालका अनुसार सुरुमा विद्यार्थी भर्ना गर्दा रसिद नदिए जस्तो लागे पछि रसिद हेर्न माग्दा हेर्न नदिए पछि शंका लागेको बताए । पछि व्यावस्थापन समितिको सहयोगमा आन्तरिक लेखा सुपरिवेक्षण समिति बनाई बैड्ढको स्टेटमेन्ट झिकाएर हेर्दा हिसाब मिलेन ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाले विद्यालयले चलाउँदै आएको सफ्टवेयर नै डिलिट गरेर ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ हिसाब लुकाएको बताए । त्यसैगरी अभिभावकले दिएको पैसा ४२ लाख ९० हजार ५५ रुपैयाँ बैंक खातामा जम्मा नगरी अपचलन गरेको जनाए ।
उनले यस भन्दा अगाडिको अध्यक्षका पालामा पनि २७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको र त्यत्तिकै छाडिएको बताउँदै यसपालि पैसा हिनामिना गर्नेलाई कारर्वाही गरिने बताए ।
दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले अनियमितताको आशंकामा नगरपालिकाले नै लेखा सुपरिवेक्षण समिति बनाएर विद्यालयमा छानबिन गर्न लगाएको बताए । उनले भने “हिसाबको रेकर्ड नराखि अनियमितता भए पछि छानबिन गरिएको हो । अभिभावकसँग सहयोग मागेको रकम यसरी अपचलन गर्नु सानो बदमासी होइन । विज्ञहरुसँग बसेर यसबारे विस्तृत अध्ययन गर्छौँ ।”
“कानुनी कार्वाही गर्ने प्रक्रियामा छौं,अख्तियार दुरुपयोग आयोगमा जानेकी अर्को हिसाबले कार्वाही गर्ने भन्ने बारेमा नगरपालिका समितिको बैठकले निर्णय गर्ने छ ” मेयर ओलीले भने । साथै यो कुरा आइसके पछि दुईदिन भित्र ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ बैड्ढ खातामा जम्मा भएको समेत जानकारी दिए । तर पैसा जम्मा गरेर मात्र उन्मुक्ति नपाउने उनको भनाई छ ।
प्रधानाध्यापक आचार्यले विद्यलायको आम्दानि मात्र हेरिएको र खर्च नहेरी आरोप लगाइएको बताए । भने “सबै हिसाब पारदर्शि छ , हामीले अपचलन गरेका छैनौ, लेखा सुपरिवेक्षण समिति आय मात्र हेरेको छ , व्याय हेरेको छैन ।”
उनले रकम जम्मा हुने क्रममा रहेको बताए । केहि दिनमा ७१ लाख जम्मा गरिएको तर त्यो हिसाबमा नदेखाइएको आचार्यको आरोप छ । उनले भने, ‘कताकता प्रस्ट देखिएन भन्ने छ । रकम डिपोजिट हुने क्रममा छ । कतिपय खर्च भएको होला, त्यो हेर्न बाँकी छ ।’
त्यसैगरी विद्यालयमा भौतिक निर्माण भइरहेको र भौतिक निर्माण पारदर्शि होस भनि खरिद तथा निर्माण व्यावस्थापन समिति बनाइएको जानकारी दिए । तर अघिल्लो वर्षमा माओवादी र एमाले एकिकरण भएको केहि समयपछि मनमुटाव भएर फुटे पछि त्यसको असर विद्यालयमा देखिएको बताए ।
खरिद तथा निर्माण व्यावस्थापन समितिमा पूर्व माओवादी विद्यार्थी नेता विनोद सापकोटा रहेको र उनलाई चित्त नबुझे पछि विद्यलायमा पनि नआउने राजिनामा पनि नदिने गरेकाले विद्यालय भवन निर्माणमा लगायत विद्यलायमा अफ्ठेरो परेको जनाए ।
विनोद सापकोटा विद्यलायमा बोलाउदा पनि नआउने र अध्यक्षले बोलाउन नखोज्ने गर्दा विद्यालयमा यो समस्या आएको र आफुलाई अफ्ठेरो परेको उनको भनाई छ ।
यस भन्दा अघिका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तिर्थराज बस्नेत ९शंकर०ले आर्थिक अनियमितता हुनुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष प्रजापति सापकोटा, प्रअ आचार्य र लेखापाल आचार्यको संलग्नता रहेको बताए ।
बस्नेतले भने “अहिले जुनखालको रकम हिनामिना देखिएको छ त्यसमा व्यावस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा नेतृत्व गर्न नसकेको देखिन्छ । किनभने एक वर्ष देखिको रकम बैड्ढमा जम्मा गर्नेमा अनियमितता देखिएको छ । मासिक रुपमा १५,२० लाख आम्दानि हुने गरेको विद्यालयको रकम पाँच महिना सम्म बैड्ढमा डिपोजिट नहुँदा के हेरेर बसे । ” डिपोजिट नहुँदा पनि व्यवस्थापक समितिले वास्ता नगरेको बस्नेतको आरोप छ ।
एक वर्ष भित्रमा ३७ वटा बैठक बसे पनि ति कुनै बैठकमा विद्यालयको आम्दानि खर्च पेस गरेको देखिदैन यसमा अध्यक्षको कमजोरी छ उनले बताए । विद्यालय हेर्ने मुख्य जिम्मेवारी अध्यक्षको रहेकाले यसमा अध्यक्षको पनि दोष देखिन्छ यसको जिम्मा अध्यक्षले लिनुपर्छ ।
त्यसैगरी प्रधानाध्यापककोले खर्च नभएका विभिन्न बिल भरपाईमा हस्ताक्षर गर्ने प्रमाणित गर्ने, समयमा बैड्ढ भौचरहरु नउठाउने जस्ता कार्य गरेकाले यस विषयको प्रमुख जिम्मेवार प्रधानाध्यापक रहेको उनको भनाइ छ ।
बसेका बैठकहरुको माइन्युटमा हेर्दा अध्यक्षले गत आर्थिक वर्षको वजेट अनुमोदन गरेका छन् । त्यो अनुमोदन गर्दा अडिट रिपोर्ट छकि छैन , के हेरेर अनुमोदन गरे, साथै माइन्युटमा पनि अक्षर फरक रहेका छन् कसरी फरक भयो भन्दै प्रश्न गरे ।
गत वर्षको विद्यलायको आम्दानि खर्च वजेट वनाएर व्यावस्थापन समितिको बैठक बाट अनुमोदन गर्नुपर्नेमा त्यस्तो नभएको उनको आरोप छ । भने “विद्यलायको वजेट असारमा पास हुनु पर्ने हो तर अहिले सम्म वजेटनै बनाइएको छैन ।” रकम हिनामिनाको विषयले प्रजापतिले आफ्नो बद्नाम भएको भन्दै सहयोग गरिदिन बस्नेतलाई आग्रह गरेको बताए ।
खबर एजुकेसनबाट साभार