Matra Education आइतबार, साउन १० २०८३

यी विषयहरूमा धेरै शिक्षक अभाव, बढुवाको कस्तो छ तथ्याङ्क?

यी विषयहरूमा धेरै शिक्षक अभाव, बढुवाको कस्तो छ तथ्याङ्क?

  • मात्र एजुकेशन
  • बुधबार, असोज १३ २०७८


काठमाडौँ – यतिबेला शिक्षक सेवा आयोग व्यापक रूपमा विज्ञापन र लाइसेन्स परीक्षाको तयारीमा जुटेको छ। उसले केही दिनअघि मात्रै रिक्त दरबन्दीको विवरण पाएको छ। प्राप्त विवरण अनुसार विज्ञान, अङ्ग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० दरबन्दी रिक्त रहेको छ । त्यसै गरी माविमा विज्ञान ४३३, अङ्ग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ ।

केन्द्रले आयोगमा पठाएको विवरण अनुसार खुला तर्फ निमाविमा अङ्ग्रेजी ६२२, सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेका छन् ।

त्यसै गरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८, र ऐच्छिक द्वितीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेका छन् । त्यसै गरी ७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ३४८ र द्वितीय श्रेणीका लागि १ हजार २७५ दरबन्दी बढुवाका लागि आयोगले सिफारिस गर्नु पर्ने भएको छ ।

त्यसै गरी निमावि तर्फ ७५ प्रतिशत आन्तरिक बढुवाका लागि७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ७० र द्वितीय श्रेणीका लागि ३६८ र माविका लागि प्रथम श्रेणीका लागि ११० र द्वितीय श्रेणीका ३७१ शिक्षक आयोगले छनोट गरेर सिफारिस गर्ने गरी केन्द्रले आयोगलाई रिक्त शिक्षक दरबन्दी विवरण पठाएको छ ।

त्यसै गरी देशैभर प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेका विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड