Matra Education आइतबार, साउन १० २०८३

इसीडी शिक्षकले १७००० तलब पाउने, माग फारम भर्न आग्रह

इसीडी शिक्षकले १७००० तलब पाउने, माग फारम भर्न आग्रह

  • मात्र एजुकेशन
  • आइतबार, असोज १० २०७८


काठमाडौँ – नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाले शिक्षक र विद्यालय कर्मचारीलाई माग फारम पेस गर्न आग्रह गरेको छ । यही असोज ७ सूचना जारी गर्दै नगरपालिकाले सो आग्रह गरेको हो ।

‘आर्थिक वर्ष २०७८/७९ को त्यस विद्यालयमा कार्यरत सरकारी तलब भत्ता खाने शिक्षक कर्मचारीको प्रथम चौमासिक तलब भत्ता (चाडपर्व खर्च समेत) माग गर्न भनिएको हो ।

तलब भत्ता माग गर्दा विद्यालय कर्मचारी ९कार्यालय सहयोगी०को रू १५,०००, पूर्वप्राथमिक कक्षा सहजकर्ता ९इसीडी० को रू १७,००० र विद्यालय कर्मचारी ९लेखापाल० को रू १७,५०० मासिक दरले माग गर्नुहुन साथै माग फारम ल्याउँदा आर्थिक वर्ष २०७७र७८ को सामाजिक परीक्षण प्रतिवेदन तथा विवरण बुझाउन छुट भएको भए पाठ्यपुस्तक र छात्रवृत्ति विवरण भपाई समेतको मिति २०७८/६/११ गतेभित्र शिक्षा शाखा कावासोतीमा पेस गर्न हुन अनुरोध गरिन्छ,’ नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा दस्तखत सूचनामा भनिएको छ ।

सङ्घीय सरकारले दिएको ८ हजार रुपैयाँमा बाँकी रकम थप गरेर कावासोती नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई दिएको हो । कतिपय नगरपालिकाले सो रकममा थप गरेर दिन अस्वीकार गरेपछि शिक्षक र कर्मचारी निरन्तर आन्दोलनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड