Matra Education आइतबार, साउन १० २०८३

इसीडी शिक्षकद्वारा नगरपालिकामा तालाबन्दी प्रयास, प्रहरी परिचालन हुँदा झन्डै झडप

इसीडी शिक्षकद्वारा नगरपालिकामा तालाबन्दी प्रयास, प्रहरी परिचालन हुँदा झन्डै झडप

  • मात्र एजुकेशन
  • बिहिबार, असोज ७ २०७८


प्रतीकात्मक तस्विर

काठमाडौँ-  सुनसरीस्थित इनरुवा नगरपालिकाका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षकले आफ्ना मागको विषयमा पालिकाको पुनः ध्यानाकर्षण गराएका छन् । गत असार २४ गते तलब थपका विषयमा ध्यानाकर्षण गराउँदा माग सुनुवाइ नभएपछि उनीहरूले मङ्गलवारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

शिक्षक र कर्मचारीले बुधवार पालिकामा ताला लगाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । बालविकास इनरुवा नगर समितिको अध्यक्ष एवम् आन्दोलन समितिको संयोजक सोनु राना मगरले भनिन्, ‘नगरपालिकामा तालाबन्दी गर्दा खोज्दा प्रशासनले प्रहरी परिचालन गरेको छ । झन्डै झडपको स्थिति बनेको थियो । परिस्थिति साम्य पार्न मेयर राजन मेहता आइपुग्नुभयो ।’

उनीहरूले मेयर मेहतालाई पुनः ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड