Matra Education आइतबार, साउन १० २०८३

ईसीडी शिक्षकको समस्याबारे शिक्षा मन्त्रालयमा छलफल, बढ्ला त तलब?

ईसीडी शिक्षकको समस्याबारे शिक्षा मन्त्रालयमा छलफल, बढ्ला त तलब?

  • मात्र एजुकेशन
  • शनिबार, असोज २ २०७८


प्रतीकात्मक तस्विर

काठमाडौँ – सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिए पछि शिक्षा मन्त्रालयले चासो व्यक्त गरेको छ।

सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका थिए ।

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ। सरकारले स्थानीय तहलाई दिइने अनुदान कटौती गरेर भए पनि ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालय मार्फत तलब खुवाउन अर्थ मन्त्रालयसँग छलफल सुरु गरेको शिक्षा मन्त्रालय श्रोतले बताएको छ। बजेट विधेयक पास भए पछि दसैँ अगावै ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब उपलब्ध गराउने गरी तयारी थालेको मन्त्रालको उच्च श्रोतले बतायो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड