Matra Education आइतबार, साउन १० २०८३

शिक्षा प्रतिको मोह: करिश्मालाई केपी ओलीको फोन

शिक्षा प्रतिको मोह: करिश्मालाई केपी ओलीको फोन

  • मात्र एजुकेशन
  • शनिबार, असोज २ २०७८


काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर अहिले धेरै विद्यार्थीका लागि उत्प्रेरणाको श्रोत बनेकी छिन। आफ्नो करियरलाई एउटा उचाइमा पुर्‍याइसकेपछि एस.इ.इ परीक्षा दिएकी करिश्मा त्यसपछि पनि निरन्तर पढाइमा क्रियाशील भएर अरूलाई समेत सिकाइप्रति रुचि हुने हो भने उमेरले छेक्दैन भन्ने प्रेरणा दिन सफल भएको छिन्। अहिले कक्षा १२ को परीक्षामा व्यस्त उनले एउटा रमाइलो प्रसङ्ग सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

परीक्षाको चटारोले हिजोआज उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि द्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् । शुक्रवार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क पारिदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ।

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जालमा पनि उल्लेख गरेकी छिन् । ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

सुरुमा ओली बोलेको भनेर करिश्मालाई विश्वास लागेन । अनि ओलीले डुंगाको कथा सुनाए । यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने लागेको सन्दर्भ पनि करिश्माले उल्लेख गरेकी छिन् ।

‘आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठुलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यवाद केपी बुवा ।’ करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेयर गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड