काठमाडौँ- लामो समय पदाधिकारी विहीन बनेर हालै पदाधिकारी पाएको आयोगले कहिले विज्ञापन खोल्छ, लाइसेन्सको परीक्षा कहिले गर्छ लगायतका जिज्ञासा शिक्षक , विद्यार्थी तथा आयोगको तयारी गरिरहेका सबैलाई छ। आयोगले रिक्त दरबन्दीको यकिन तथ्याङ्क पाउन सकेको छैन भने शिक्षामन्त्री नहुँदा बाँकी नीतिगत काम पनि पुरा हुन सकेको छैन। पटक पटक आफूहरू पनि छिटो नतिजा दिने गरी काम गर्न लागिपरेको बताउँदै आएका आयोगका पदाधिकारीको अहिलेको जवाफ पनि त्यस्तै छ। लाइसेन्स पहिले खोल्ने कि विज्ञापन भन्ने पनि आयोगले टुङ्गो लगाउन सकेको छैन।
यसै सन्दर्भमा आज मात्र एजुकेसनले आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठ तथा सूचना अधिकारी सुदर्शन मरहट्ठासँग एक्सक्लुसिभ अन्तर्वार्ता गरेको छ। अन्तर्वार्ताका क्रममा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी कोरोना सङ्क्रमणका कारण बिरामी भएकाले कार्ययोजना बनाउने काम पुरा हुन नसकेको, आयोगले पाउनुपर्ने रिक्त दरबन्दीको तथ्याङ्क पनि आई नसकेको र लाइसेन्स पहिले कि विज्ञापन पहिले भन्ने निर्णयका लागि शिक्षा मन्त्री नभएको, केही विषयको पाठ्यक्रम बन्ने क्रममा रहेको हुँदा दसैँअघि नै विज्ञापन खोल्ने सम्भावना न्यून भएर गएको बताएका छन्। यद्यपि आयोगले दसैँअघि नै खोल्ने भन्ने निर्णय गरेर तयारी सुरु गरे आफ्नो भूमिका निर्वाह गर्न सचिवालयका कर्मचारी तयार रहेको उनले बताएका छन्।
उक्त अन्तर्वार्ताको भिडियो आज बेलुका “मात्र एजुकेसन” को युट्युब च्यानलमा हेर्न सकिन्छ। तपाईँ तलको लिङ्कमा क्लिक गरेर च्यानल सँग जोडिन सक्नुहुन्छ।
https://www.youtube.com/channel/UCv8y_RLG6v0kDSJ4f3mfF2w