Matra Education आइतबार, साउन १० २०८३

विद्यालय खोल्नेबारे दुबिधा कायमै, आजको बैठकले गर्‍यो यस्तो निर्णय

विद्यालय खोल्नेबारे दुबिधा कायमै, आजको बैठकले गर्‍यो यस्तो निर्णय

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र ३० २०७८


प्रतीकात्मक तस्बिर

काठमाडौँ-  उपत्यकाका अधिकांश विद्यालयमा दसैँअघि भौतिक रूपमा खुल्ने सम्भावना कम भएर गएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको सरोकारवाला संगको छलफलमा कोभिड महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो ।

स्मार्ट लकडाउनको अवधारणा अनुसार काठमाडौँ उपत्यका रेड जोनमा पर्छ । अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै छ ।विद्यार्थी सङ्ख्या कम भएको विद्यालयमा मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय बिस्तारै खोल्ने सहमति भएको छलफलका सहभागीले बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले दसैँअघि उपत्यकाका विद्यालय नखोल्ने भद्र सहमति भएको जनकारी दिए । उनले भने ‘कतिपय बालबालिकाहरू गृह जिल्लामा भएको छन्, उपत्यकामा संक्रमणको जोखिम उत्तिकै छ। त्यसैले दसैँअघि विद्यालय खोल्न हतार गर्न हुँदैन, दसैँपछि खोल्ने भद्र सहमति भएको छ ।’

छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरू सहभागी थिए ।

काठमाडौँका केही स्थानीय तह र ललितपुर महानगरपालिकाका विद्यालय सञ्चालनमा आइसकेका छन् । भने, काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकाले विद्यालय खुलाउने निर्णय भने गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड