Matra Education आइतबार, साउन १० २०८३

कसले गर्यो स्कुलभित्रै छिरेर शिक्षकको हत्या ?

कसले गर्यो स्कुलभित्रै छिरेर शिक्षकको हत्या ?

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र २९ २०७८


काठमाडौं – दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।

उनको शव मंगलबार विहान विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । स्कुल प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको छ उनले भने ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् ।

शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड