Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले जारी गर्‍यो ४ विषयको पाठ्यक्रम (पाठ्यक्रम सहित)

शिक्षक सेवा आयोगले जारी गर्‍यो ४ विषयको पाठ्यक्रम (पाठ्यक्रम सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र २९ २०७८


काठमाडौँ – लामो समय पदाधिकारी विहीन बनेर भर्खरै पदाधिकारी पाएको आयोगले के काम गर्दै छ भन्ने विषय यति बेला चासोको विषय बनेको छ।

आयोगको तयारी गरिरहेकाहरू, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूले यति बेला आयोगमाथि जिज्ञासु नजर राखेका छन् । यस कारण अहिले बजारमा शिक्षक सेवा आयोगका बारेमा विभिन्न हल्ला र चर्चाहरू बाहिर आउने गरेका छन् । धेरैलाई आयोगले विज्ञापन पहिले खोल्छ कि लाइसेन्स परीक्षारु यति बेला आयोग के गर्दै छ आदि जिज्ञासा रहेको पाइन्छ।

मात्र एजुकेसनले यी विषयमा सम्बन्धित निकाय सङ्ग जवाफ मागेर तपाईँलाई जानकारी गराउँदै आएको छ। केही समयअघि मात्र एजुकेसन सङ्गको विशेष कुराकानीमा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पाठ्यक्रम नभएका केही विषयको पाठ्यक्रम बनाउन र आफ्नो आन्तरिक कार्ययोजना बनाउन आयोग व्यस्त रहेको जानकारी दिएका थिए।

विज्ञापन खोल्नु वा लाइसेन्स परीक्षा खोल्नुअघि पाठ्यक्रम हुनु अपरिहार्य हुन्छ । अहिले आयोगले तिनै रिक्त विषयको पाठ्यक्रम जारी गरेको छ। यसले आयोगलाई पनि आफ्नो काम छिटो सम्पन्न गर्न सेवाग्राहीलाई जति नै हतारो छ भन्ने पुष्टि हुन्छ। आयोगले निम्न माध्यमिक तहका संस्कृत, संस्कृत व्याकरण, गणित र विज्ञान गरी ४ विषयको पाठ्यक्रम सार्वजनिक गरेको हो। पाठ्यक्रम हेर्न र डाउनलोड गर्नका लागि तलको लिंक थिच्नुहोस् ।

निम्नमाध्यमिक-तह-गणित-विज्ञान-विषयको-पाठ्यक्रम-२०७८

निम्नमाध्यमिक तह संस्कृत भाषा विषयको पाठ्यक्रम -२०७८

निम्नमाध्यमिक-तह-संस्कृत-व्याकरण-विषयको-पाठ्यक्रम-२०७८

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड