Matra Education आइतबार, साउन १० २०८३

ईसिडी शिक्षकहरूलाई आयो खुसीको खबर, तलब वृद्धि हुने संकेत 

ईसिडी शिक्षकहरूलाई आयो खुसीको खबर, तलब वृद्धि हुने संकेत 

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २७ २०७८


काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष बाट प्रारम्भिक बालविकास कक्षा सहयोगी ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन गृहकार्य अगाडी बढाएको छ। बजेटमै व्यवस्था गरेर उक्त कार्य गरिने अर्थ-मन्त्रालय श्रोतले जानकारी दियो।

ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन अर्थ मन्त्रालय सँग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गर्दै बजेटको व्यवस्था मिलाइदिन पत्राचार गरेको थियो । शिक्षा मन्त्रालयबाट अहिले बनाइरहेको रणनीति, मापदण्ड र निर्देशिका आदि कार्यहरूमा अर्थ मन्त्रालयको सहमति जनाउनका लागि मन्त्रालयले ल्याउने हरेक डकुमेन्टमा तलबको हकमा कम्तीमा आधारभूत तहको प्रावि शिक्षक सरह बनाउन मन्त्रालय लागि परेको स्रोतले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार ईसीडि शिक्षकलाई प्रावि शिक्षक सरहको तलब प्रदान गर्न कक्षा १२ पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । तर ईसीडि शिक्षकका रूपमा हाल कार्यरत शिक्षकहरूलाई भने यो लागु नहुने पनि मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड