Matra Education आइतबार, साउन १० २०८३

जस्तो नाम त्यस्तै काम, जोरपाटी क्षेत्रकै पहिचान: सर्वनाम 

जस्तो नाम त्यस्तै काम, जोरपाटी क्षेत्रकै पहिचान: सर्वनाम 

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र २४ २०७८


काठमाडौँ- “शिक्षा मा नवआचार” भन्ने मूल नारासहित सन् २००१ मा स्थापित सर्वनाम शिक्षालय हाल विद्यार्थीहरूको पहिलो रोजाइको शैक्षिक संस्था बन्न सफल भएको छ। नेपाली समाजमा रहेका सबै वर्गका विद्यार्थीहरूलाई व्यापक शिक्षा प्रदान गर्ने उद्देश्य सहित सुरु भएको यो संस्थाले विद्यालय तहमा जुन छाप छोड्न सफल भएको छ, त्यसको प्रतिविम्ब अहिले +२ तहमा पनि देखिन थालेको छ।  त्यसैले त टाढा टाढाबाट आएका विद्यार्थी समेत सर्वनामलाई नै आफ्नो +२अध्ययनको गन्तव्य बनाउन चाहन्छन्।

सर्वनाममा पछिल्लो समय +२ अध्ययन गर्ने विद्यार्थीहरूको नजर बढी पर्नुको पनि आफ्नै कारण छ।  व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा भर्ना लिइरहेको कलेजको आफ्नै खाले कार्यक्रम र अध्यापन शैली छ। आफूहरूले अन्य क्याम्पसको तुलनामा त्यस्तो धेरै भिन्न देखिने काम नगरेको भए पनि त्यही कामलाई पनि फरक र प्रभावकारी ढङ्गबाट गर्दा आजको ठाउँमा पुग्न सफल भएको सर्वनामका प्रधानाध्यापक दुर्गानाथ शिवाकोटी बताउँछन्। उनका अनुसार सर्वनामले आफ्ना विद्यार्थी र अभिभावकलाई त्यति मात्रै सपना देखाउने गरेको छ, जति पुरा गर्न सकिन्छ।

पाठ्यक्रम त्यही र पढाउने लेक्चररहरू पनि यही समाजका सदस्य भएको हुँदा त्यो सन्दर्भमा सर्वनाम अलग नभए पनि शैलीमा भने ठुलो भिन्नता रहेको उनको भनाइ छ। गरेर मात्रै सिकिन्छ भन्ने सिद्धान्त बुझेको सर्वनाममा प्रत्येक हप्ता १ दिन प्रस्तुतीकरण कक्षा दिइन्छ जसले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व सिप, विषयवस्तुको दक्षता र प्रविधिमैत्री हुँदै व्यवहारिक ज्ञानको विकास हुने गर्छ।  त्यस्तै समाजका अनेक क्षेत्रमा अनुभव प्राप्त दिग्गज व्यक्तित्वहरूलाई कक्षाकोठामा प्रवेश गराएर उनीहरूको अनुभवबाट समेत सिकाउने गरिन्छ।

यो समय “Period of Understanding “अर्थात् बुझाइ र समझदारीको समय भएको बताउने शिवाकोटी विद्यार्थी, अभिभावक र शिक्षक सबैले आफ्नो दायित्व महसुस गरेर काम गर्नुपर्ने बताउँछन्।  कोही पनि आधुनिक मानिस प्रेसरमा बस्न नरुचाउने हुँदा समझदारीले नै सबै काम सम्पन्न गर्नुपर्ने उनको धारणा छ। यो भनाइलाई सर्वनामले व्यवहारिक रूपमै पनि लागु गरेको छ।अन्य पक्षहरूमा जस्तै आर्थिक पक्षमा पनि यो सिद्धान्त पालन गरिएको छ।  सर्वनामले कोही विद्यार्थी आर्थिक अभावमा विद्यालयको पहुँच भन्दा बाहिर नरहोस् भनेर विभिन्न किसिमका छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।

+२ तहमा पुगेपछि व्यक्तिगत विकासका कार्यक्रम  र अतिरिक्त क्रियाकलाप कम हुने गुनासो भने सर्वनामका विद्यार्थीले गर्नु पर्दैन।  सर्वनामले आफ्ना विद्यार्थीलाई कक्षाकोठाबाटै हाँस्न, बोल्न, नाच्न, गाउन, बजाउन सिकाउने गरेको छ।  किताबी ज्ञान बाहेक अन्य ज्ञानमा पनि व्यक्ति अब्बल हुनुपर्छ भन्ने मान्यताले विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद पनि सर्वनामको प्राथमिकतामा परेको छ।

यसरी क्याम्पस तह पनि  उत्कृष्ट रहेको सर्वनामको स्कुल तह अझै विशेष छ। विद्यालयद्वारा प्रदान गरिने शिक्षा बाल केन्द्रित छ र नयाँ  शताब्दी को चुनौतीहरू लाई पूरा गर्न को लागी अनुकूल छ। आधुनिक प्रवृत्तिहरू सँग समायोजन गर्दै नयाँ ज्ञान दिँदै आएको विद्यालयले शिक्षा भविष्य को लागी हुनुपर्छ भन्ने कुरामा  विश्वास गर्दछ। शिक्षकहरू बाट न्यूनतम सहयोग लिएर यहाँका विद्यार्थीहरू आफैले  समाज सेवा, सङ्गीत क्लब, विद्यार्थी क्लब र अन्य गतिविधिहरू सञ्चालन गर्छन्। यस्ता कार्यक्रमहरू विद्यार्थीहरूलाई आफ्नै समस्याहरूको समाधान र आफ्नो जिम्मेवारीहरू बोध  गर्नको लागी हो। यहाँ शिक्षणको परियोजना विधि पनि लागू गरिएको छ। सर्वनाम शिक्षालयको अर्को प्रमुख विशेषता भनेको यहाँ लागु गरिएको ” सिर्जनात्मक पाठ्यक्रम” हो जुन विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नका लागि विद्यालय आफैले तयार पारेको छ।

बालबालिकाहरू प्राथमिक र पूर्व प्राथमिक शिक्षा पढ्ने बेलामा धेरै संवेदनशील हुने हुँदा यी तहलाई सर्वनाममा  विशेष प्राथमिकता दिइन्छ।  एउटा विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि यहाँका कुशल शिक्षकहरू सदैव तत्पर रहन्छन् । बालबालिकाहरूलाई  रचनात्मक गतिविधिहरूमा भाग लिन को लागी प्रोत्साहित गरिन्छ र अधिक स्पष्ट र स्मार्ट बन्न को लागी पर्याप्त अवसर पनि दिइन्छ । विद्यालय भित्र हुने समूह गतिविधिहरूले अन्तरक्रियाको लागी अवसर निर्माण गर्दछ।

विद्यालयले जीवनको सबै क्षेत्रमा आफ्नो छाप बनाएको छ। पाठ्यक्रमको साथ साथै सह-पाठ्यक्रम गतिविधिहरूमा यसको प्रदर्शन अनुकरणीय भएको छ। यसमा बलियो व्यवस्थापन नीति, प्रशासनिक टोली, समर्पित कर्मचारी, भौतिक पूर्वाधार , सामाजिक सहयोग आदि सबैले भूमिका खेलेका छन्।

यति बेला +२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि सर्वनाममा धमाधम भर्नाको प्रक्रिया जारी छ भने कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई असोज २ गते हेभन हिल रिसोर्ट, जहरसिंहपौवामा अभिमुखीकरण कार्यक्रम राखिएको छ।  तपाई आफू वा आफ्ना छोराछोरीका लागि उपयुक्त शैक्षिक गन्तव्य खोजिरहनुभएको छ भने जोरपाटी काठमाडौँमा रहेको सर्वनाम शिक्षालय उपयुक्त विकल्प हुनसक्छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड