Matra Education आइतबार, साउन १० २०८३

दीक्षान्त समारोहका लागि आवेदन संकलन सुरु, कहिले हुन्छ कार्यक्रम?

दीक्षान्त समारोहका लागि आवेदन संकलन सुरु, कहिले हुन्छ कार्यक्रम?

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २० २०७८


काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दै छ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड