Matra Education आइतबार, साउन १० २०८३

महावीर पुनले नमूना कक्षा कोठा विकास गर्न सार्वजनिक रुपमा गरे आह्वान

महावीर पुनले नमूना कक्षा कोठा विकास गर्न सार्वजनिक रुपमा गरे आह्वान

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र १९ २०७८


काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिमा आधारित पठन पाठन गर्न विद्यालयका लागि नमुना कक्षा कोठा बनाउने भएको छ । आविष्कार केन्द्रले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यस किसिमको प्रयास थालेको हो ।

आविष्कार केन्द्रका अध्यक्ष तथा संस्थापक महावीर पुनले नमूना कक्षा कोठा विकास गर्न सहकार्यका लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् ।

उनले एक्लो प्रयासबाट मात्र यस किसिमको कार्य प्रभावकारी नहुने भन्दै ‘आइडिया’ माग गरेका हुन् ।

यसका लागि आविष्कार केन्द्रले व्यक्ति, संस्था तथा निकायसँग सहकार्यको ढोका खुला रहेको समेत बताएको छ ।

आविष्कार केन्द्रमा तयार हुने यस्तो कक्षा कोठाले मुख्यतः देशका सामुदायिक विद्यालयको पठन पाठनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड