Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ परीक्षा अप्डेट: भौतिक रूपमै सञ्चालन गर्न निर्देशन

कक्षा १२ परीक्षा अप्डेट: भौतिक रूपमै सञ्चालन गर्न निर्देशन

  • मात्र एजुकेशन
  • मंगलबार, भाद्र ८ २०७८


काठमाडौँ- संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले जनस्वास्थ्यका सबै मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षा धमाधम भइरहेको समयमा कक्षा १२को परीक्षा रोक्नुभन्दा स्वास्थ्यका सबै मापदण्ड अपनाएर परीक्षा स्थयत गरेर शैक्षिक सत्र खेर फाल्नुभन्दा निकास दिन उत्तम देखिएको हुँदा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिइन् ।

बैठकमा उपस्थित समितिका अन्य सदस्यले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयविच समन्वय गरेर परीक्षा सञ्चालन गर्न सुझाएका थिए । समितिका सदस्य विद्या भट्टराईले कोरोना विरुद्धको खोपको पहिलो मात्र दिएर परीक्षा सञ्चालन गर्न सुझाएकी थिइन् । कोभिड १९ को दोस्रो लहर तीव्र रुपमा फैलिएसंग गत साउन ३१ देखि सञ्चालन हुने भनिएको परीक्षा २३ गते स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड