Matra Education आइतबार, साउन १० २०८३

बहुगुणि वनस्पति तुलसी: हाम्रो घरको डाक्टर

बहुगुणि वनस्पति तुलसी: हाम्रो घरको डाक्टर

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र ७ २०७८


तुलसीलाई भगवान् विष्णुको वनस्पति अवतारका रूपमा पनि बुझिन्छ । तुलसी धार्मिक रूपमा मात्र नभई जडीबुटीका रूपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ, जति यसको धार्मिक महत्त्व छ । गुणै गुणले भरिएको तुलसीलाई पूजा गर्नेदेखि आफूलाई स्वस्थ राख्नलाई पनि प्रयोग गर्ने गरिन्छ । तुलसीले जाडो मौसममा मात्रै नभई गर्मीको समयमा हुने विभिन्न रोगको सङ्क्रमणबाट पनि मानिसलाई जोगाउँछ ।

यस्ता छन् तुलसीका फाइदाः
– तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन् ।
– तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ ।
– तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठिक हुन्छ ।
– माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ ।
– तुलसीको दाना (बिउ) वा पात पिँधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।
– तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै बिरे नुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ ।
– तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डायरियामा लाभ गर्छ ।
– बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको २ पटक खाने गरेमा पेट दुख्न बन्द हुन्छ ।
– हुन त तुलसीको पातले विभिन्न किसिमका स्वास्थ्य समस्याहरूलाई निर्मूल पार्ने गर्दछ ।

आयुर्वेदमा पनि तुलसीको महत्त्वका बारेमा निकै चर्चा गरिएको छ । करिब–करिब सबै नेपालीको घरमा तुलसीको पात राखिएको हुन्छ भन्दा फरक नपर्ला । तुलसीको पूजा गर्नुका साथै यसको डाँठ  तथा पातलाई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । तर धेरैलाई थाहा नहुन पनि सक्छ की तुलसीको पातले साइड इफेक्ट  पनि गर्छ । बहु गुणी तुलसीको पात कुन अवस्थामा कस्ले सेवन गर्दा बेफाइदा हुन्छ त आउनुहोस् जानौँ ।

गर्भवती महिलाका लागि ठिक हुदैन

तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्‍याउन सक्दछ । यतिसम्म कि कुनै–कुनै अवस्थामा त गर्भपात अर्थात् गर्भ नै तुहिनेसम्म हुन सक्दछ । तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्त्व रहने गर्दछ जसले गर्भाशयमा असर पुर्‍याउने गर्दछ ।
मधुमेहका बिरामीले खानु हुँदैन

विभिन्न किसिमका अध्ययनहरूका अनुसार तुलसीको पातहरूको सेवनले रगतमा चिनीको मात्रा कम हुन जान्छ । मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ । औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ ।

प्रजननमा समस्या

हुन त यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहे पनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरूमा उनीहरूको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ । तुलसीमा प्रजनन सम्बन्धी हर्मोन कम गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ ।

रगत पातलो गर्दछ

तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ । यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ । यस कारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ ।

कलेजोलाई असर पर्न सक्छ

डब्लुएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन । यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्य प्रणालीमा गम्भीर असर पार्न सक्दछ । दाँतमा दबाब  पर्न सक्दछ तुलसीको पातलाई चपाएर भन्दा सिधै निल्न चिकित्सकहरूले सुझाव दिने गर्दछन् । किने भने तुलसीमा रहेको एक प्रकारको तत्त्वले मानिसको दाँतमा कालो दाग वा धब्बा बनाइदिन सक्दछ । यस कारण दाँतको प्राकृतिक चमक हराउन नदिन पनि तुलसीको पात चपाएर  खानु राम्रो हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड