एस इ इ को नतिजा प्रकाशन भए सँगै नेपाली कलेजहरू विद्यार्थी भर्नाको अभियानमा छन् । त्यस्तै विद्यार्थीहरू पनि आफूलाई उपयुक्त शैक्षिक गन्तव्य छनोट गर्न व्यस्त छन् । यसै सन्दर्भमा हामीले अत्यधिक विद्यार्थीहरूको रुचि र जिज्ञासामा पर्न सफल मित्रपार्क चाबहिलमा रहेको टेक्सस इन्टरनेसनल कलेजका बारेमा तपाईँलाई जानकारी दिने उद्देश्यका साथ टेक्सस सेकेण्डरि स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ सँग कुराकानी गरेका छौ। प्रस्तुत छ कुराकानीको सम्पादित अंस ।
टेक्सस इन्टरनेसनल कलेजको अहिलेको गतिविधि कस्तो छ ?
टेक्सस इन्टरनेसनल नेटवर्क मन्टेश्वरि देखि मास्टर्स डिग्री सम्मका कक्षाहरू सञ्चालन गर्दै आएको शैक्षिक संस्था हो । हामी मन्टेश्वरि स्कुल , स्कुल ,+२ मा साइन्स ,म्यानेजमेन्ट , ह्युमानिटिज , ल र कलेजमा हामीसँग दुई वटा कलेज छ । एउटा टेक्सस इन्टरनेसनल कलेज जुन टियु सँग अफिलेसनमा छ । जस अन्तर्गत हामीले BBS, MBS, BSC- CSIT,BCA, BBM, BA, BSW, जस्ता कार्यक्रमहरू सञ्चालन गर्छौँ । त्यस्तै लिङ्कन युनिभर्सिटीको अफिलेसनमा रहेर BBA, MBA, BHM, BIT, BCS Cyber Security & Network Technology , MCS जस्ता कार्यक्रमहरू हामी सञ्चालन गर्दछौँ । आजको दिनमा लिङ्कन युनिभर्सिटी सँग कोल्याबोरेसन गरेर PHD लेबलका कक्षा सम्म पनि टेक्ससमा सञ्चालन भइरहेको अवस्था छ । त्यो कारणले गर्दाखेरि हामी लगभग १२ महिनामा बाह्रै महिना एउटा भर्ना क्याम्पियनको रूपमा रहन्छौ ।हामी हर क्षण हरपल आदरणीय अभिभावक ज्यु हरू र विद्यार्थी भाइ बहिनीहरूको सेवामा जहिले पनि हामी तयार रहन्छौ ।
भर्खरै एसइई को रिजल्ट पब्लिस भएको र +२ कलेज छान्ने क्रममा विद्यार्थीहरू रहेकाले यति बेला टेक्सस इन्टरनेसनल कलेजमा पनि विद्यार्थीहरूको राम्रो फ्लो बढेको देखिन्छ । विद्यार्थीहरूले +२ पढ्नका लागि टेक्सस इन्टरनेसनल कलेज रोज्नुपर्ने कारणहरू केके छन् ?
वास्तवमा अब हाम्रा जो-जो विद्यार्थीहरूले एसइई पास गर्नु भएको छ । उहाँहरू भविष्यमा के बन्ने,कसरी अगाडि बढ्ने भन्ने उद्देश्य सहित उहाँहरू अगाडि बढ्ने बेला छ । वास्तवमा अब उहाँहरूले छान्ने विषय भनेको उहाँहरूको इच्छा सपना अनुसार छान्नु पर्दछ । अब उहाँहरूले विषय छान्दाखेरि कसैको लहलहैमा लागेर पनि छान्नु हुन्न र कसैको प्रेसरमा आएर पनि विषय छान्नु हुँदैन । उहाँहरूले वास्तवमै आफ्नो इच्छा अनुसार आफ्नो सपना अनुसार कुनै पनि विषय पढ्नु भयो भने देखि उहाँहरू सजिलैसँग आफ्नो जीवनमा सफल हुन सक्नुहुन्छ । यो जीवनमा मान्छे सफल पनि हुनुपर्छ र असल पनि हुनुपर्छ। हामी जीवनमा धेरै सफल भयौँ तर असल हुन सकेनौँ भनेदेखि इतिहासले हामीलाई सम्झने छैन। यो संसारमा धेरै सफल मान्छेहरूलाई जब उहाँले धर्ती छोड्नु भयो त्यो पलदेखि नै उहाँलाई यो धर्तीले बिर्सिन्छ तर हामीले असल बन्न सक्यौँ, हामी संसारमा अरूको लागि बाच्न सक्यौँ भने त्यस्तो हुँदैन। साई बाबा भन्नुहुन्छ ,” हेल्प ईभर हट नेभर” त्यो फिलोसोपीलाई हामीले अगाडि लिएर जान सक्यौँ भने यो धर्ती छोडिसकेपछि पनि यो संसारमा हामी अजर अमर रहन्छौ । हुन त अहिले संसारमा विभिन्न खालका टिचिङ पेडागोजिका कुराहरू आएका छन् । जस्तै आक्स मोडल , र्थि् एच मोडलका कुराहरू छन् तर म ती सबै कुराहरूलाई लोकलाईज गर्दै शिक्षा भनेको सदबिचार, सद्भाव ,संस्कार र सिपयुक्त हुनुपर्दछ तब मात्र मान्छे पूर्ण हुन्छ भन्छु । अथवा शिक्षा भनेको ध्यान युक्त , ज्ञान युक्त , संस्कार युक्त , र सीप युक्त हुनुपर्छ । त्यसपछि मात्रै मान्छे भौतिक जगतमा पनि सफल हुन्छ र उ आध्यात्मिक जगतमा पनि सफल हुन्छ । यसरी आध्यात्मिक वाद र भौतिकवाद लाई सम्मिश्रण गरिसकेपछि मात्रै हामीले वास्तवमा वास्तविक शिक्षा विद्यार्थीहरूलाई दिन सक्छौ र मानिसहरूलाई पूर्ण मानिस हुन सहयोग गर्न सक्छौ भन्ने टेक्ससको उद्देश्य हो । त्यो कारणले गर्दा यी कुराहरू पाउनको लागि र सँग सँगै आफ्नो विषय अनुसारको प्राक्टिकलहरू, टेनिङहरू, पब्लिक स्पिकिङका कुराहरू,पर्सनालिटि डेभ्लोमेण्टका कुराहरू पाउनको लागि टेक्सस हजुरले रोज्नु भयो भने हजुर एकदमै उचित गन्तव्यमा हुनुहुनेछ भन्ने हामीलाई लाग्दछ ।
सरले अघि उल्लेख गरिसक्नु भएको छ मन्टेश्वरि, मास्टर्स देखि पिएचडी सम्मको पढाइ टेक्ससमा भइरहेको छ ।अब टेक्ससमा पढाइ हुने यी फ्याक्याटिहरू र यहाँका फ्याक्याटि मेम्बरहरू अरू कलेजहरू भन्दा कसरी फरक छन् ?
पहिलो कुरा जब कुनै पनि विद्यार्थीले कुनै एकेडेमी बाट नलेज लिन्छ र भोलि गएर कुनै पनि फिल्डमा आउन चाहन्छ । त्यहाँ उनीहरूलाई नलेजले मात्रै सेलेबल बनाउँदैन। उनीहरूसँग प्रयोगात्मक ज्ञान छ कि छैन ? जस्तै कुनै विद्यार्थीले म्यानेजमेन्ट पढे अब त्यो विद्यार्थी गएर भोलि कुनै पनि बैङ्कमा एप्लाई गर्दाखेरि ऊसँग बैङ्कमा ईन्टरनसिप गरेको ज्ञान छ कि छैन ? एकाउन्टिङ प्याकेज सम्बन्धी ज्ञान छ कि छैन ?ऊसँग पब्लिक स्पिकिङको तालिम लिएको छ कि छैन ? पर्सनालिटी डेभ्लोमेण्टको तालिम लिएको छ कि छैन भनेर सोधिन्छ। त्यो ज्ञान हामीले दिएका छौ कि छैनौँ भन्ने कुरा मेजर रहन्छ । र त्यो कुरा पायो भने मात्रै उ मार्केटमा सजिलैसँग सेलेबल हुन्छ त्यो कारणले गर्दाखेरि यी सबै कुरालाई टेक्ससले मध्यनजर गर्दै ट्रेनिङ दिँदै हामीले हाम्रा विद्यार्थीहरूलाई एउटा वास्तवमै गुणस्तरीय रूपमा मार्केटमा पठाउने गरेको अवस्था छ । त्यो कारणले गर्दा टेक्सस विद्यार्थीहरूका लागि बेस्ट प्लेटफर्म हुनसक्छ । त्यही खालको शिक्षा दिनको लागि हामी सदैव हाम्रा हाम्रा सर म्याडमहरूलाई हामीले ट्रेनिङ बाट, विभिन्न खालको माध्यम बाट मोटिभेट गरिरहेका हुन्छौँ । हेर्नुस् यो सर्टिफिकेटले मात्रै कुनै पनि मान्छे आजको दिनमा मार्केटमा गएर सेलेवल हुँदैन । किनभने यो विश्व अहिले स्मार्ट भइसकेको । बिल गेट्सकै बारेमा पनि यहाँलाई थाहा छ । संसारमा इतिहास रच्ने मान्छेहरू भनेका ती मान्छेहरू हुन जो सँग इच्छाशक्ति छ । जसले आउट अफ बक्स सोच्छ । आजको समयमा हामीले ४/४ जिपिए धेरै राम्रो, A+ धेरै राम्रो हो। ती कुराहरूलाई पनि हामीले एकदमै प्रारोरिटि दिनुपर्छ। तर त्यो सँगसँगै ओभरअल डेभ्लोमेण्टको हामीले जोड दिएनौ, उसको सिपमा जोड दिएनौ भनेदेखि हामीले उत्पादन गरेको जनशक्ति भोलि मार्केटमा सेलेवल हुँदैन । यो कुरामा टेक्सस इन्टरनेशनल एजुकेसन नेटवर्क एकदमै सचेत छ।
सरकै कुरालाई मान्दा खेरि टेक्ससले एकदमै एक्सिलेण्ट स्तरको एकेडेमीक गतिविधिहरू सँञ्चालन गरिरहेको छ।अहिले व्यक्तित्व विकासका लागि एकेडेमीकी सँगसँगै अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्नुपर्छ भनिन्छ नि । टेक्ससले ती कुराहरूलाई कत्तिको ध्यान दिएको छ ?
हामीले जुन नेपाल सरकारले करिकुलम, सेलेवल, कोर्स डिजाइन गरेको छ । त्यो कुरालाई लिएर जानै पर्छ तर त्यो मात्र एउटा गाइडलाइन हो । त्यो सँगसँगै हामीले हाम्रा विद्यार्थीहरूलाई उसको विषय अनुसार उसलाई एकदमै सीप युक्त बनाउने, त्यो उसको विषयमा एकदमै डिप लेबलमा पुर्याउन सकेनौ भने वास्तवमा हामीले दिएको एजुकेसन सार्थक नहुन सक्छ । यो कारणले गर्दा पनि हामीले पहिलो कुरा त संसारमा तपाईँले जुनसुकै फिल्डमा जानुहोस् वा तपाई जुनसुकै व्यक्ति भन्नुहोस् तपाईँसँग सकारात्मक सोच छैन भने हामीले लिएको ज्ञान अज्ञान नै हो । त्यसलाई ज्ञान भन्न सकिँदैन तर मान्छे सँग सकारात्मक सोच छ भने त्यो मान्छेलाई हरेक प्रतिकुल परिस्थितिमा पनि आफूलाई अनकुल बनाउँदै उ अगाडि बढ्दछ । त्यो कारणले गर्दा टेक्सस इन्टरनेशनल एजुकेसन नेटवर्कले सकारात्मक सोचको विकासका लागि डा. चिन्तामणि योगी , डा. योगी विकाशानन्द , डा. चण्डी प्रसाद चापागाईँ जस्ता सकारात्मक सोचका पायोनियरहरूलाई अनुरोध गरेर त्यो खालको तालिमहरू हामीले सञ्चालन गर्छौ । हामीले पब्लिक स्पिकरको लागि रूपेश श्रेष्ठ जस्ता व्यक्तिहरूलाई अनुरोध गरेर कक्षाहरू सञ्चालन गर्छौ । सँगसँगै हामीले आइटीका विद्यार्थीहरूलाई आइटी इन्डस्ट्री पठाउने, होटेल म्यानेजमेन्टका विद्यार्थीहरूलाई होटेलमा पठाउने , म्यानेजमेन्टका विद्यार्थीहरूलाई बैङ्क र कर्पोरेट हाउसमा र फाइनान्सहरूमा पठाउने जस्ता कामहरू पनि हामीले गर्छौ । यसरी टेक्सस इन्टरनेशनल एजुकेसन नेटवर्क ले उसको विषय सँग सम्बन्धित र उसको ओभरअल डेभ्लभमेण्टमा भ्यालु एड गर्ने ट्रेनिङहरू दिने कार्य गर्दै आइरहेको छ ।
यति उत्कृष्ट शिक्षा दिने टेक्सस महँगो पनि पक्कै होला ? जो विद्यार्थी राम्रो पढ्न सक्छ तर फि अफोर्ड गर्न सक्दैन त्यस्ता विद्यार्थीलाई छात्रवृत्ति अनि अन्य सुविधाहरू को व्यवस्था के छ ?
जो मान्छेलाई आफूमाथि एकदमै आत्मविश्वास छ त्यो मान्छेलाई संसारमा कसैले रोक्न सक्दैन । आजको दिनमा हामी मेडिकल शिक्षा एकदमै महँगो भयो भन्छौँ नि, कहिलेकाहीँ चर्चा परिचर्चा गर्छौ तर वास्तवमा आजको पनि कुनै पनि विद्यार्थी कृयटिभ छ, मेहनती छ भने उसलाई विभिन्न मेडिकल कलेजहरूले अफर गरेर स्कलरसिप दिएका छन् । त्यो कारणले गर्दा टेक्ससमा पनि केही महँगा प्रोग्राम पनि होलान् तर सबै विद्यार्थीहरूले पढ्न सक्ने र अभिभावक हरूले सजिलोसँग फि तिर्न सक्ने खालका प्रोग्राम पनि छन्। टेक्ससमा सबैले पढ्न सक्छन् ।
आम नेपाली विद्यार्थीहरू तथा अभिभावक जो टेक्सस कलेजको बारेमा बुझ्न चाहनुहुन्छ अथवा टेक्सस कलेजमा आबद्ध हुन चाहनु हुन्छ। उहाँहरूलाई तपाईँको सन्देश के रहन्छ ?
हामी हजुरले विश्वास गर्नु भयो भनेदेखि हाम्रा विद्यार्थीहरू, हजुरका छोराछोरीलाई सदविचार ,सद्भाव , संस्कार , सीप , ध्यान ,ज्ञान र अहिलेको समय सुहाउँदो शिक्षा दिँदै, उसलाई स्मार्ट बनाउँदै उसलाई त्यो खालको प्रयोगात्मक शिक्षा दिँदै उ कुनै पनि मार्केटमा सजिलै सँग सेलेवल हुने गरी र जुनसुकै कठिन परिस्थितिमा पनि चट्टान जस्तै उभिन सक्ने गरी हामी विकास गर्छौ भनेर उहाँहरू सबैलाई प्रतिबद्धता जनाउन चाहन्छु ।