Matra Education आइतबार, साउन १० २०८३

विनायक सिद्ध कलेजले भि.एस डान्सिङ स्टार सिजन २ आयोजना गर्दै

विनायक सिद्ध कलेजले भि.एस डान्सिङ स्टार सिजन २ आयोजना गर्दै

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र ४ २०७८


काठमाडौँ- काठमाडौँको चाबहिलमा रहेको विनायक सिद्ध कलेजले  भि. एस डान्सिङ स्टार सिजन २ को आयोजना गरेको  छ। कलेजले एक सूचना जारी गर्दै कलेजकै डान्स हलमा २०७८/०५/०५ गते  बिहान ७:३० बजेपछि आयोजना हुने कार्यक्रममा  सक्रिय सहभागिता जनाउनका लागि आफ्ना विद्यार्थीहरूलाई आग्रह गरेको छ।

विनायक सिद्ध कलेजका विद्यार्थीहरूले यो लिङ्कमा (https://forms.gle/iwbKGwW1KU8ewxdd8) रहेको फर्म  भरेर सहभागिता जनाउन सक्नेछन्। कार्यक्रममा निर्णायकको रूपमा नृत्यको क्षेत्रमा स्थापित हस्तीहरूलाई कलेजले छनोट गरेको छ ।वरिष्ठ नृत्य निर्देशक महेश गोदार, नृत्य निर्देशक सङ्घ भक्तपुर जिल्ला अध्यक्ष  चूडामणि  फुयाँल र नृत्य निर्देशक दिवस गिरीले  विद्यार्थीहरूको प्रतिभाको  मूल्याङ्कन गर्नेछन् ।

कलेजले विजयी हुने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि पुरस्कारको पनि व्यवस्था गरेको छ। कार्यक्रममा प्रथम हुने विद्यार्थीले नगद  रु ३०००  मेडल  र  प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै दोस्रो स्थान हासिल गर्नेले  रु २००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु १००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यार्थीहरूको शैक्षिक गुणस्तर अविबृद्धीका साथै उनीहरूको सर्वाङ्गीण विकासका लागि सधैँ सजग रहेको कलेजले उक्त उद्देश्य प्राप्तिका लागि कार्यक्रमको आयोजना गरेको क्याम्पस  प्रमुख  रामकृष्ण  सिम्खडा बताउँछन् । यस  किसिमका  कार्यक्रमहरूले  विद्यार्थीहरूमा  अन्तर्निहित  प्रतिभा  प्रस्फुटन  हुने र  क्रमशः  त्यसलाई  विकास  गर्न  सकिने  विश्वास  कलेजले लिएको  छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड