२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका विद्यार्थीहरुका हातमा प्रमाणपत्र पुग्न अझै दुई साता लाग्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले यतिबेला प्रमाणपत्र छपाइ कार्य गरिरहेको छ । विगतमा तीन वटा मेसिनबाट छपाइ हुँदै आएकोमा यसपटक दुई वटाबाट मात्र छपाइ हुँदा केही ढिला हुने भएको भनाइ पनिकाको छ ।