Matra Education आइतबार, साउन १० २०८३

तनावबाट कसरि सजिलै मुक्ति पाउन सकिन्छ ? हेर्नुहोस

तनावबाट कसरि सजिलै मुक्ति पाउन सकिन्छ ? हेर्नुहोस

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २६ २०७८


आजको मानव जीवन व्यस्त र भाग दौड पूर्ण छ। आधुनिक जीवनशैली अङ्गालेको मानव समाजलाई भौतिकवादले जति सुख सुविधा दिएको छ त्यति नै चुनौतीहरू पनि थपेको छ।  सीमित श्रोत साधनहरूबाट असीमित आवश्यकता पुरा गर्नुपर्दा र अन्य विविध कारणले डर, चिन्ता, तनाव आदि मानव जीवनका अभिन्न अङ्ग जस्तै भएका छन्। आज हामी तपाईँलाई स्वास्थ्य शिक्षा स्तम्भ मार्फत तनाव र यसको रोकथामबारे जानकारी दिने प्रयास गर्नेछौ।

तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै सङ्कटमा हुन्छौं तब हाम्रो मानसिक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस आदि महसुस गर्छ।  त्यस्तै  खानामा अरुचि हुने र एक्लै बस्न मन लाग्ने पनि हुन्छ  । त्यति मात्रै होइन बेला बेला हुने विभिन्न गतिविधि जो हाम्रो जीवनसँग सम्बन्धित हुन्छ त्यसले पनि हामीमा तनाव उत्पन्न गराउन सक्छ । तनावको बेलैमा उचित समाधान खोज्न सकिएन भने  त्यही तनावले शारीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ ।

उदाहरणका लागि हामी अहिले बाचिरहेको समयलाई लिन सकिन्छ।  कोरोना भाइरसको महामारी फैलिरहेको यो समयमा विश्वभरका मानिसहरूको तनाव पनि त्यतिकै मात्रामा बढेको छ  । कोरोनाको सुरुवातदेखि नै मानिसमा तनाव उत्पन्न हुने र कति जना त डिप्रेसनमा पनि गएका छन् । कोरोना महामारीका कारण कतिपयले जागिर गुमाए, अध्ययन प्रभावित भयो, घरमै बस्दा वा साथीभाइसँग भेट्न नपाउँदा पनि मानिसहरूमा तनाव उत्पन्न भएको छ । जुन चिन्ताको विषय रहेको विज्ञहरू बताउँछन् ।

तनाव कम गर्न हामीले विभिन्न उपायहरू अपनाउन सक्छौ । यी विभिन्न तरिकाहरू मध्येको एक आयुर्वेद उपचार पद्धतिमा पनि विभिन्न विधिहरू छन् । मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनावलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ ।

आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढी प्रयोग र दुरुपयोग गर्‍यो भने  हुन्छ ।

यदि तपाईँ धेरै समय आवश्यक भन्दा बढी कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राण वायु तत्त्वमा असन्तुलन पैदा हुन्छ ।

के के हुन् तनावका लक्षणहरू ?

मानसिक लक्षण :

स्मरण शक्तिमा समस्या,

 एकाग्रतामा कमी ,

कुनै कुरा ठम्याउन समस्या,

 नकारात्मक सोचमा वृद्धि,

 निरन्तर चिन्ता

भावनात्मक लक्षण :

व्यवहारमा परिवर्तन,

 छटपटी  अनियन्त्रित रिस,

 बेचैनी विश्राम गर्न नसक्ने,

 सधैँ हारेको अनुभव ,

 एक्लोपनको महसुस,

 डिप्रेसन वा वितृष्णा बढ्नु

शारीरिक लक्षण :

 पिडा वा दुखाइको अनुभव,

 कब्जियतको समस्या,

चक्कर वा कमजोर महसुस,

 यौन रुचि घट्नु ,

निरन्तर चिसो लाग्नु,

 खानामा अरुचि तथा खाएको कुरा अपच हुनु,

 मुटुको चाल बढिरहनु

स्वभावसँग जोडिएको लक्षण :

आवश्यकभन्दा कम वा  बढी खाने सुत्ने,

अरूसँग धेरै नबोल्ने बोलेमा अनावश्यक झर्किने,

आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने,

आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने।

कसरी छुटकारा पाउने ?

नकारात्मक सोचलाई त्याग्नुहोस्,

 मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस् ,

ठुला ठुला निर्णय नगर्नुस् अरूसँग सल्लाह माग्नुहोस्,

दैनिक कम्तीमा घण्टा सुत्नुहोस् रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् ।

के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?

दैनिक गाईको तातो दूधमा कम्तीमा दाना बदाम मिलाएर पिउनुस् वा मह ग्राम कालो मरीच घोलेर दैनिक पटक पिउनुस्

निधारमा नीमको पात वा अदुवासँग दूध मिसाएर बनाइएको लेप लगाएर कम्तीमा घण्टा दैनिक उत्तानो परेर निदाउनुस्

 क्षीरवाला तेल, धन्वन्तरि तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस्

दैनिक खानासँग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस्

तनाव बढेको महसुस गर्नुभयो भने अँध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस्

तपाईँ तनाव कम गर्न आजै देखि आफ्नो खानपान दैनिक अभ्यास माथि भने अनुसार गर्नुस्

यदि सधैँ तनावलाई बोकेर हिँड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाईँलाई सताउने निश्चित छ । त्यस्तै यी विधिहरूको पालना गर्नुभयो भने तपाइले स्वस्थ जीवन जिउन सक्नुहुन्छ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड