के तपाईँलाई पटक पटक घाँटी दुख्ने समस्या छ ? हामी कतिले यो समस्यालाई जित्न थुप्रै उपचार गराउँदा पनि असफल हुन्छौ भने कतिलाई सामान्य असर मात्रै हो जस्तो लाग्छ। मौसम परिवर्तन र खानपानले पनि यस्तो भयो कि भनेर पनि हामी यसलाई सामान्य रूपमा लिन्छौँ। तर हरेक पटक घाँटी दुख्नु न त मौसम परिवर्तन हो नत खानपानका कारण नै हो । यो गलाको खराब टन्सिल वा गलाको गम्भीर समस्या पनि हुन सक्छ । यस कारण घाँटी दुखिरहनुलाई सामान्य सोचेर बस्नु हुँदैन । भाइरस वा ब्याक्टेरियाको करणले उक्त समस्या देखिन्छ । कहिलेकाहीँ एलर्जी र धूम्रपानको करणले पनि गला खराब हुन्छ । यस्ता धेरै समस्याहरू आफैँ समाधान हुन सक्छन्, तर केही यस्ता जटिल समस्या हुन्छन् जुन सजिलै जाँदैनन् । त्यस्ता समस्यालाई राम्रो उपचारको आवश्यकता हुन्छ । आम रूपमा मानिसहरू गलाको असरलाई त्यति ध्यान नदिएर लापरबाही गरिरहेका हुन्छन् । राम्रो उपचार गरिएन भने यसबाट गम्भीर समस्या निम्तन सक्छ । गलामा आउने समस्या गलाको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, गला दुख्ने , टाउको दुख्ने र ज्वरो आउने जस्ता लक्षण देखिन्छन् ।
के हो टन्सिल ?
टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरूको समूह हो । यो मुखको भित्री भागमा जिब्रोको अन्तिम भागतिर नाकको बिचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्त्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्त्वपूर्ण अंश हो । । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ । विभिन्न कारणले गर्दा यी टन्सिलमा सङ्क्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।
के हुन् त लक्षण ?
यो प्राय केटा केटीहरूलाई लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाँटी दुख्ने, थुक निल्दा वा खाना खाँदा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् ।
के कारण हुन्छ गम्भीर ?
टन्सिलाइटिस भएपछि घाटीभित्र दुबैतर्फ टन्सिल गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनीहरू अलि ठुला र अलि बढी राता हुन्छन् । कहिलेकाहीँ यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । साधरणतया यो समस्या उचित हेरचाह र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोर्काक्कस हिमोलिटीकस नामक भाइरसको करणले यो समस्या देखियो भने अलिक गम्भीर हुन्छ ।
उपचार कसरी ?
उक्त समस्याको सङ्क्रमण ह्रीदय र गुदामा पनि फैलिन सक्छ र त्यसो भयो भने गम्भीर हुन्छ । यस्तो अवस्थामा नियमित रूपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । यसो गरेमा गलामा आराम मिल्छ । अदुवा, अलैची र मरीचको चियाले गलाको दुखाई मा अधिक आराम मिल्छ । यसमा जीवाणु रोधक गुण पनि हुन्छ र यो चिया नियमित रूपमा सेवन गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खराश हराएर जान्छ । धुम्रपान र ज्यादा मसालेदार खानादेखि पनि टाढै रहनुपर्छ । खानामा विशेष सावधानी अपनाउने गर्नुपर्छ। फ्रिजको वा अन्य कुनैपनी चिसो चिजको सेवन गर्नुहुँदैन । सधैँ मनतातो पानी पिउने र त्यसमा हल्का अदुवाको धुलो, ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आराम मिल्छ । सावधानी नै यो समस्याको मूल हल हो । सधैँ धुलो, धुवा र चिसो बाट बच्ने, राम्रो मास्कको प्रयोग गर्ने र समस्या देखिनासाथ तुरुन्त चिकित्सकको सल्लाह लिने गर्नुपर्छ।