Matra Education आइतबार, साउन १० २०८३

सेयर बजारबारे तपाईंले थाहा पाउनै पर्ने आधारभूत कुराहरु

सेयर बजारबारे तपाईंले थाहा पाउनै पर्ने आधारभूत कुराहरु

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २६ २०७८


सेयर भन्ने बित्तिकै कतिपयको मनमा के लाग्छ भने थोरै लगानीमा धेरै नाफा कमाउने उश्देले गरिने लगानीको रूपमा बुझ्छन्। तर सेयरबाट कमाउने मात्र नभएर धेरैले करोडौं गुमायका पनि छन् । सेयर बजार भन्ने बित्तिकै गार्‍हो बिषय, ठुलो बिषय र धेरै पैसा हुनेले मात्र गर्ने हो भन्ने सोचाइमा हुनुहुन्छ भने यो सोचाइ पनि गलत   हो । यो कुरा गर्दा तपाईंको मनमा प्रश्न उठन सक्छन् कि के थोरै पैसामा पनि सेयरमा लगानी गर्ने सकिन्छ ? भनेर हो  बास्तबमा सेयर बजार भनेकै थोरै पैसालाई काम लगाएर धेरै कमाउने ठाउँ हो ।

अथवा सामान्य भाषामा भन्दा हामीले दैनिक चलन चल्तीमा सेयरको प्रयोग गरिरहेका हुन्छौं तर फरक शैलीमा जस्तै पाट्नरसिपमा पसल खोल्नु ,साझेदारीमा कुनै व्यावसाय गर्नु यस्ता पनि सेयरकै एउटा प्रकार हुन । तपाईंले दुई- दुई लाखमा पसल खोल्नु भयो भने त्यसको आधा अर्थात ५०% त तपाईंको भयो न।   ठिक त्यहि तरिकाले कम्पनीमा वा सेयर बजारमा पनि रू हजार देखि पाँच हजार ,एक लाख ,दुई लाख गर्दै धेरै व्यक्तिहरू बाट पैसा उठायर लगानी गरिएको हुन्छ । त्यसलाई नै हामी सेयर भन्ने गर्छौ । मात्र सेयरका प्रकार, प्रकृति, लगानी गर्ने तरिका ,त्यसबाट प्राप्त हुने प्रतिफल कसरी लगानी गर्ने भन्ने कुराहरू फरक हुने हो ।

लगानीका आधरहरू

(१) प्रमोटर

जसरि एउटा पसलमा दुई जना मिलेर पहिला पैसा लगानि लगाईन्छ त्यस्तै गरि प्रमोटरहरूले पनि कम्पनी स्थापना गर्ने र सञ्चालन गर्नका लागि केही लागानि गरेका हुन्छन् त्यो बापत केही आफुले अंश लिएका हुन्छन् ( भाग लिएका हुन्छन् ) जसलाई हामी सस्थापक सेयर ( प्रमोटर सेयर ) भनेर चिन्छौ । यस्ता प्रमोटर हरूले आफ्नो भागमा आएको सेयर दोस्रो बजारमा बेच्न सक्छन् । दोस्रो बजारबाट सर्वसाधारणले किन्न सक्छन् यस्तो अवस्थामा जसले प्रमोटर सेयर किन्छ उ पनि प्रमोटर नै भएर आउँछ ।

(२) ऋण पत्र ( डिबेन्चर)

जसरि पसल बनाउन वा अन्य प्रयोजनका लागि ऋण लिनुपर्ने अवस्था आउन सक्छ त्यस्तै  ऋणलाइ  हामी सेयर बजारको भाषामा डिबेन्चर भन्छौ  ।डिबेन्चर ऋणमा निश्चित समय र निश्चित ब्याजदर तोकिएको हुन्छ त्येसैले कम्पनी घाटामा जाओस् या नाफामा लगानी कर्तालाई कुनै मतलब हुदैन उनिहरूले तोकिएको समय सम्नन ब्याज पाउँछन् र तोकिएको समय सकिए पछि साँवा फिर्ता पाउँछन् त्यसैले लगानि कर्तालाई जोखिम कम हुन्छ र त्यहीँ अनुसार ब्याज पनि कम पाउँछन् । प्राथामिक बजारमा यसको वास्तविक मुल्य हजार हुन्छ ।

(३) साधारण सेयर

साधारण सेयर भन्ने बित्तिकै नियम कानुनका कारण वा व्यवसाय बिस्तारका लागि निस्कासन गरिन्छ। ऋण लिदा ब्याज तिरिरहनु पर्ने साँवा फिर्ता गर्नुपर्ने त्यसैमाथि कसैले ऋण पत्याउने हो  होइन लागेमा वा राज्य र सरकारले बनायको नीति नियमलाई पनि मान्नुपर्ने हुन्छ बरू नाफा घाटा जे भयपनि सबैले बेहोर्न मिल्ने गरि साझेदारीहरू नै भित्राउँ भन्ने किसिमले निर्णय भयो भने चाहिँ साधारण सेयर जारि गरिन्छ । यसको बजारमा वास्तविक मुल्य एक  कित्ता बराबर सय हुन्छ । कम्पनीमा १० कित्ता  अर्थात १०००  को किन्नुपर्ने हुन्छ ।

(४) म्युचुअल फण्ड ( कोषहरू)

यदि तपाईसंग पैसा छ लगानि गर्ने सोचाइमा हुनुहुन्छ तर लगानी गर्ने डर लागिरहेको छ । लगानी बाट घाटा हुन्छकि भन्ने चिन्ता छ, भन्ने लाग्छ अथवा तपाईं संग समय छैन तपाई संग कम्पनी वा सेयर को बारेमा विश्लेषण गर्ने ज्ञन छैन आदि कुनै कारणले डाईरेक्ट तपाईं लगानी गर्ने सक्नु हुन्न  भने त्यस्तो अवस्थामा विभिन्न लागानि बिगय व्यवस्थापक हरूले म संग यस्तो योजना छ तपाईंहरू पैसा लगानी गर्नुहोस् भनेर म्युचुअल फण्ड जारि गरेका हुन्छन त्यस्तो अवस्थामा म्युचुअल फण्डमा पैसा लगानि गर्यो भने त्यस्ता व्यवस्थापक हरूले विभिन्न क्षेत्रमा लगानी गर्दछन र त्यसबाट फाइदा भएमा फाइदा को केही प्रतिशत तपाईंलाई पनि दिनेछन् र केही आफुले राख्नेछन । केही गरि फाइदा भएन भने केही नदिन पनि सक्छन् तर तपाई संग सम्झौता भएको समय समाप्त भएमा तपाईंको लगानी फिर्ता गरिदिन्छन भने यसलाई नै सेयर को भाषामा म्युचुअल फण्ड भनिन्छ ।

लगानिका विधि प्रकृया

(१) IPO

कम्पनी अनुसार स्थानीयको लागि संस्थागत लगानी कर्ता र सर्वसाधारणको लागि छुट्याई पैसा उठाउनको लागि IPO निस्कासन गरिन्छ ।यदि पृमियम बिना निस्कासन गरिए मुल्य १ किर्ता बराबर १०० हुन्छ ।

(२) FPO

एकपटक IPO निस्कासन गरि सकेको कम्पनीले फेरि IPO निस्कासन गर्ने नपाउने हुनाले कम्पनीलाई थप पैसा ( पुजी ) आवश्यक परेमा वा नियामक निकायले थप पुजी वृद्धि गर्ने भनेमा FPO निस्कासन गरिन्छ । FPO प्राय पिरमियम मा निस्कासन गरिन्छ  ।

(३) RIGHT

जो पहिले नै कम्पनीका सेयर होल्डर छन अर्थात जो संग त्यो कम्पनीको सेयर छ उनिहरूबाट थप रकम कम्पनीले लिन चाहेमा वा परेमा हकपद (RIGHT) प्राय face value  मा सेयर निस्कासन गरिन्छ ।

(४) AUCTION

कम्पनीले हकपद (RIGHT SHARE) निस्कासन गर्दा सेयर होल्डरले किन्न नपाएर वा किन्न नचाहेर नबिकेको सेयर लिलामि (AUCTION) निस्कासन गरिन्छ ।प्रती कित्ता सबैभन्दा बढी मुल्यमा आबेदन दिनेबाट क्रमश मागेजति कित्ता सेयर  पाइन्छ ।

(५) BONUS

कम्पनीले ब‍ोनोस पारित र साधारणसभा को लागि बुक कोल्ज हुनुभन्दा अगाडि जो सेयर धनी छन उनिहरूको डिम्याट खातामा र बैंक खातामा बोनस कम्पनीले जम्मा गरिदिन्छ  ।कुनैले बोनस मा Tax  पनि तिर्न लगाउन्छन।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड