Matra Education आइतबार, साउन १० २०८३

स्नातक तहका विद्यार्थीका लागि आयोजित ‘रिलायन्स करियर टक–२०८३’ सम्पन्न

स्नातक तहका विद्यार्थीका लागि आयोजित ‘रिलायन्स करियर टक–२०८३’ सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, असार २८ २०८३


काठमाडौँ- चाबहिलस्थित रिलायन्स कलेजले स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको ‘रिलायन्स करियर टक–२०८३’ आइतबार सम्पन्न भएको छ।

‘शिक्षा र रोजगारी’ भन्ने मूल अवधारणालाई केन्द्रमा राखिएको कार्यक्रममा विद्यार्थीहरूको करियर विकास, रोजगारीका अवसर, नेतृत्व क्षमता तथा प्रतिस्पर्धी बजारमा आवश्यक सीपका विषयमा अन्तरक्रियात्मक प्यानल छलफल गरिएको थियो।

प्यानल छलफलमा सिएनएन हिरो तथा सामाजिक अभियन्ता पुष्पा बस्नेत, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा रिगो नेपालका प्रमुख कार्यकारी अधिकृत मुकुन्द पोखरेल वक्ताका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण पूर्व मिस नेपाल सुगरिका केसीले गरेकी थिइन्।

कार्यक्रममा करियर परामर्श तथा भर्ना, शैक्षिक परामर्श, खाद्य परिकार, मनोरञ्जनलगायत १३ वटा स्टल सञ्चालन गरिएको थियो। कार्यक्रममा करिब एक हजार पाँच सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता भएको आयोजकले जनाएको छ।

वि.सं. २०६२ मा स्थापित रिलायन्स कलेजले रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत बीबीएस, बिबिए, बीए, बीएसडब्लुए, बीसीए, बीएससी सीएसआईटी, एमबीएस, एमबिए तथा सिए लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले ‘शिक्षा र रोजगारी’ अवधारणालाई केन्द्रमा राख्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष, प्रतिस्पर्धी र रोजगारीमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विभिन्न शैक्षिक तथा करियर विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाले विद्यार्थीलाई कक्षाकोठाको सिकाइसँगै व्यावसायिक संसारका अनुभव र अवसरसँग जोड्ने उद्देश्यले ‘रिलायन्स करियर टक’लाई वार्षिक कार्यक्रमका रूपमा निरन्तर सञ्चालन गर्दै आएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड