Matra Education बुधबार, कार्तिक ११ २०८३

सिफारिसमा दोस्रो नम्बरमा रहेका केशरजंग बराल त्रिवि उपकुलपतिमा नियुक्त

सिफारिसमा दोस्रो नम्बरमा रहेका केशरजंग बराल त्रिवि उपकुलपतिमा नियुक्त

  • मात्र एजुकेशन
  • बिहिबार, फाल्गुन १० २०८०


काठमाडौँ- प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपतिमा प्रा डा केशरजंग बराललाई नियुक्त गरेका छन् । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका बराल बिहीबार उपकुलपति नियुक्त भएका हुन्।

शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बराल सहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम कुलपति समक्ष सिफारिस गरेको थियो । सिफारिस गर्दा बरालको नाम समितिले दोस्रो नम्बरमा राखेको थियो।

बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड