Matra Education सोमबार, साउन ११ २०८३

सहमतिले हटेन शिक्षकको आन्दोलन, धोका भएको भन्दै राहत शिक्षकले तताए सडक

सहमतिले हटेन शिक्षकको आन्दोलन, धोका भएको भन्दै राहत शिक्षकले तताए सडक

  • मात्र एजुकेशन
  • शनिबार, असोज ६ २०८०


काठमाडौँ- शुक्रवार बेलुकी नेपाल शिक्षक महासङ्घले सरकारसँग गरेको ७ बुँदे सहमतिमा आफूहरू माथि धोका भएको भन्दै राहतका शिक्षकहरूले आन्दोलन जारी राखेका छन् । उनीहरू आफ्ना माग सम्बोधन नभएको भन्दै माइतीघरमा जम्मा भएर शनिवार बिहानै देखि आन्दोलनमा जुटेका हुन्।

शनिवार उनीहरूले सरकार सहित महासङ्घकै विरुद्ध पनि नारा लगाएका छन्। ‘शिक्षक मारा महासङ्घ मुर्दावाद’ भन्दै उनीहरू नाराबाजी गरिरहेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीका अनुसार शुक्रवार भएको सहमतिमा ४० हजार भन्दा धेरै राहत शिक्षकको मागलाई सम्बोधन नगरिएकाले आन्दोलन जारी राखिएको हो। अधिकारी पनि वार्तामा बसे पनि अन्तिम समयमा सहमतिको ड्राफ्टमा असन्तुष्टि राख्दै बाहिरिएका थिए।

आजै पत्रकार सम्मेलन गरेर आन्दोलनको स्वरूप कस्तो हुने भनेर सार्वजनिक गर्ने आन्दोलनरत पक्षको तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड