Matra Education बुधबार, भाद्र २४ २०८३

शुभकामना स्कुलमा रोबोटिक्स, STEAM र एआई प्रदर्शनी भव्य रूपमा सम्पन्न

शुभकामना स्कुलमा रोबोटिक्स, STEAM र एआई प्रदर्शनी भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर २१ २०८२


काठमाडौँ – गोकर्णेश्वर-४ स्थितशुभकामना स्कुलमा आयोजित रोबोटिक्स, STEAM तथा एआई प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा करिब एक दर्जनभन्दा बढी यान्त्रिक मोडेल तथा विविध विषयका प्रायोगिक सिकाइका सामग्रीहरू प्रदर्शित गरिएका थिए। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी तथा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरूको उल्लेख्य उपस्थितिले वातावरण उत्साहपूर्ण बनेको थियो।

प्रदर्शनीमा WiFi Car, Traffic Light System, Robot, Water Tank Siren System, विभिन्न Game Machines, सामान ओसार–पसार गर्न सकिने Drone लगायतका उपकरणहरूले सबैको ध्यान आकर्षित गरे। कार्यक्रममा Nepa Tronix ले विशेष प्राविधिक सहयोग प्रदान गरेको थियो। साथै Lions Club of Kathmandu Jorpati, Leo Club of Jorpati, Lions Club of Kathmandu तथा Samaj Dental Hospital को सहकार्यमा निशुल्क आँखाको शिविर तथा दन्त परीक्षण सेवा समेत उपलब्ध गराइएको थियो।

उद्घाटनका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष जयराम महतले विद्यालयले बालमै प्रविधि, सीप र मनोरञ्जनसँगै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएकोप्रति खुसी व्यक्त गर्नुभयो। अभिभावक तथा व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको उहाँले बताउनुभयो।

विद्यालयले प्रदर्शनी सफल बनाउन योगदान पुर्‍याउने शिक्षक, अभिभावक तथा विद्यार्थीहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सिर्जनशील, आविष्कारक तथा जिम्मेवार नेतृत्वकर्ता तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

शुभकामना स्कुलले विद्यार्थीको क्षमताको समग्र विकासका लागि प्रविधि–आधारित सिकाइ, परियोजना–आधारित शिक्षण तथा आध्यात्मिकता समेटिएको शिक्षा प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ। विद्यालयको दृष्टि विज्ञान, प्रविधि र आध्यात्मिकतालाई एकीकृत गर्दै दक्ष र समाजपरिवर्तनकारी व्यक्तित्व निर्माण गर्ने रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड