Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्री भन्छिन्, ‘त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन’

शिक्षा मन्त्री भन्छिन्, ‘त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन’

  • मात्र एजुकेशन
  • शनिबार, साउन २६ २०८१


काठमाडौँ- शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकी छिन्। मन्त्री भट्टराईले लाखौँ विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ सङ्केत गर्दै कुनै गुनासो नआउने गरी कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताइन्।

त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौँ साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

उक्त अवसरमा राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा हरेक निकायलाई राजनीति मार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उनले उल्लेख गरिन्।

शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित मन्त्रालय अघि बढ्ने भन्दै सरोकारवाला सबै निकायहरूलाई केही समय भित्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड