Matra Education सोमबार, साउन ११ २०८३

शिक्षक सेवा आयोगले गर्‍यो प्राथमिक तहको चार जिल्लाको नतिजा प्रकाशित

शिक्षक सेवा आयोगले गर्‍यो प्राथमिक तहको चार जिल्लाको नतिजा प्रकाशित

  • मात्र एजुकेशन
  • मंगलबार, माघ २३ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको चार जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

मंगलबार साँझ एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मिति २०८०/०२/२० र २०८०/०६/१३ गते लिइएको धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको लिखित परीक्षाको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल उम्मेदवारहरूको नाम प्रकाशित गर्दै अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध गरेको छ। आयोगको मिति २०८०/१०/२३ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो।

सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड