Matra Education आइतबार, साउन १० २०८३

शिक्षकको तलब अड्काउने पालिकालाई कारबाही गर्ने मन्त्री पुनको चेतावनी

शिक्षकको तलब अड्काउने पालिकालाई कारबाही गर्ने मन्त्री पुनको चेतावनी

  • मात्र एजुकेशन
  • शनिबार, असोज ११ २०८२


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकको तलब अड्काउने पालिकालाई कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्रालयबाट रकम पठाइए पनि दसैँ–तिहार जस्तो महत्त्वपूर्ण समयमा शिक्षकले तलब नपाएको गुनासो आएपछि उनले तत्काल निकासा गर्न स्थानीय तहलाई निर्देशन दिएका हुन्।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले प्रत्येक पालिकामा तलब खर्च पहिले नै पठाइसकेको छ। तर, कतिपय पालिकाले अनावश्यक ढिलासुस्ती गरी शिक्षकलाई समस्या सिर्जना गरेका छन्।

“भोलीसम्ममा कुनै नाजायज र अन्यायपूर्ण कारणले शिक्षकलाई तलब नपरेमा सम्बन्धित पालिकामाथि नियमानुसार कारबाही हुनेछ,” मन्त्री पुनले आफ्नो फेसबुकमा लेखेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड