काठमाडौँ- शिक्षा मन्त्रालयले बाढी, डुबान र भू–क्षयबाट प्रभावित समुदायलाई तत्काल राहत पुर्याउन विद्यालयलाई आपतकालीन आश्रयस्थलका रूपमा प्रयोग गर्न आग्रह गरेको छ।
शनिवार मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विज्ञप्ति जारी गर्दै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई आफू सुरक्षित रही राहत, उद्धार तथा विपद् व्यवस्थापनमा सक्रिय हुन अनुरोध गरेको हो।
यसअघि पनि प्राकृतिक विपद् आएको बेला विद्यालयलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्दै आइएको छ। मन्त्रालयले यसपटक विद्यालय प्रशासनलाई थप जिम्मेवारीपूर्वक सहयोग गर्न आग्रह गरेको छ।
