Matra Education आइतबार, साउन १० २०८३

विद्यार्थी स्वागतका लागि टेक्सास कलेजको पृथक् कार्यक्रम, ‘फ्रेसर्स फिएस्टा २०२६’ भव्य रूपमा सम्पन्न

विद्यार्थी स्वागतका लागि टेक्सास कलेजको पृथक् कार्यक्रम, ‘फ्रेसर्स फिएस्टा २०२६’ भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, असार २० २०८३


काठमाडौँ- टेक्सास इन्टरनेशनल कलेजले नवआगन्तुक विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको ‘टेक्सास फ्रेसर्स फिएस्टा २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष विगतका वर्षझैँ औपचारिक स्वागत समारोह नगरी सांगीतिक कन्सर्ट मार्फत विद्यार्थीलाई स्वागत गरिएको हो।

कलेज परिसरमा शुक्रवार आयोजित कार्यक्रममा करिब तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रममा चर्चित ब्यान्ड ‘जोन एन्ड द लोकल्स’ ले आफ्नो लोकप्रिय गीतमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो। संगीत, नृत्य र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिबिच नवआगन्तुक विद्यार्थीले कलेज जीवनको पहिलो दिनलाई अविस्मरणीय रूपमा मनाएका थिए।

कलेजका प्राचार्य डा श्याम सुन्दर श्रेष्ठका अनुसार यस वर्ष विद्यार्थीलाई औपचारिक भाषणभन्दा फरक शैलीमा स्वागत गर्ने उद्देश्यले कन्सर्ट अवधारणा अपनाइएको हो। यसले नयाँ विद्यार्थीबिच आपसी चिनजान, आत्मीयता र कलेजप्रतिको अपनत्व बढाउन सहयोग पुगेको उनको विश्वास छ।

टेक्सास इन्टरनेशनल कलेजले हरेक वर्ष नवआगन्तुक विद्यार्थीका लागि सिर्जनात्मक र विद्यार्थीमैत्री कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको ‘फ्रेसर्स फिएस्टा २०२६’ मा देखिएको विद्यार्थीको उत्साह र व्यापक सहभागिताले कार्यक्रमलाई सफल बनाएको कलेजले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड