काठमाडौँ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको तिन वर्ष भन्दा धेरै समय पछि उपप्राध्यापक पदको परीक्षा लिने भएको छ। उक्त कार्यालयले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशन गरेको विज्ञापनको परीक्षा आगामी भाद्र ५ गते देखि विभिन्न चरणमा सञ्चालन गर्ने भएको हो।
बुधवार एक सूचना जारी गर्दै सेवा आयोगले उल्लेखित मितिमा प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको विशेष कारणवश स्थगित लिखित परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने र अन्य अध्ययन संस्थान र संकाय सँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने सूचनामा उल्लेख छ।
