Matra Education आइतबार, साउन १० २०८३

रिलायन्समा राष्ट्रव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता ,कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम हुँदै

रिलायन्समा राष्ट्रव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता ,कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम हुँदै

  • मात्र एजुकेशन
  • बुधबार, कार्तिक १९ २०८२


काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत स्थापित रिलायन्स साहित्य समाज, बुढानीलकण्ठ–१०, कपनले यस वर्ष पनि वक्तृत्वकला तथा कवि गोष्ठी गर्ने भएको छ। हरेक वर्ष लक्ष्मी जयन्तीको अवसरमा आयोजना हुँदै आएको राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लगिएको हो।

यस वर्ष आयोजना गरिन लागेको सोह्रौँ देवकोटा स्मृति वक्तृत्वकला प्रतियोगिता आगामी मङ्सिर ११ गते बिहान ११:३० बजे रिलायन्स इन्टरनेसनल एकेडेमी कपनमा हुने समाजले जनाएको छ। प्रतियोगिताको विषय “महाकवि देवकोटाको ‘वन’ कविताबाट आजका मानिसहरूले लिनुपर्ने प्रेरणा” तय गरिएको छ।

त्यसपछि मङ्सिर १२ गते बिहान ११:०० बजे सोही स्थानमा कवि गोष्ठी, स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोह आयोजना गरिने छ। कार्यक्रममा देशभरका विद्यार्थी, स्रष्टा र साहित्य प्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। यसअघि डा शैलेन्दुप्रकाश नेपाल, डा कुमार बहादुर जोशी, डा चूडामणि बन्धु, डा महादेव अवस्थी, डा वासुदेव त्रिपाठी, प्रा.राजेन्द्र सुवेदी, प्रा डा रामप्रसाद ज्ञवाली, राष्ट्रकवि माधवप्रसाद घिमिरेले रिलायन्स स्रष्टा सम्मान पाइसकेका छन्। त्यस्तै मित्रलाल पंगेनी, युवाकवि बलराम दाहाल, कलानिधि दाहाल, युवाकवि रूपक अलङ्कार, प्रा डा हेमनाथ पौडेल, युवाकवि हेम प्रभास, भुवनहरि सिग्देल र युवाकवि मनोज भण्डारीले समेत उक्त सम्मान पाएका छन्। यो वर्ष पनि साहित्यमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरू सम्मानित हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड