Matra Education आइतबार, साउन १० २०८३

रिलायन्सकी पूर्व विद्यार्थीले गरिन् सगरमाथाको सफल आरोहण, कलेजद्वारा सम्मान

रिलायन्सकी पूर्व विद्यार्थीले गरिन् सगरमाथाको सफल आरोहण, कलेजद्वारा सम्मान

  • मात्र एजुकेशन
  • सोमबार, जेष्ठ १२ २०८२


काठमाडौँ- रिलायन्स कलेजकी पूर्व विद्यार्थी तथा हाल प्रहरी सेवामा कार्यरत कुन्जाङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। यो सफलता पाएकी उनलाई रिलायन्स कलेजले विशेष कार्यक्रमका बिच नगद पुरस्कार सहित स्वागत तथा सम्मान गरेको छ।

चाबहिलको सरस्वतीनगर स्थित कलेज परिसरमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले आफ्नो सफलताको मूल आधार रिलायन्स कलेजमा प्राप्त शिक्षात्मक र नैतिक प्रेरणा रहेको बताइन्। उनले कलेजमा बिताएको समय, सगरमाथा आरोहणका चुनौतीहरू र सफलता पछिको अनुभवलाई प्रभावशाली र रोचक शैलीमा प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्राचार्य रविन्द्र जङ्ग थापाले कुन्जाङको यो उपलब्धि सम्पूर्ण रिलायन्स परिवारका लागि गर्वको विषय भएको उल्लेख गर्दै सबै विद्यार्थीलाई यो सफलताबाट प्रेरणा लिन आह्वान गरे।

समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक मोतीकृष्ण श्रेष्ठ, राजु सिवाकोटी, खेमलाल भुसाल, नन्दुप्रसाद कुशवाहा तथा शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहता लगायतको उपस्थिति रहेको थियो।

कुन्जाङ शेर्पाले २०७५ सालमा रिलायन्स कलेजको विज्ञान संकायबाट अध्ययन पूरा गरेको जानकारी सो संकायका संयोजक यादव पाण्डेले दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड